मानवता हराएको नेपाली समाज !

शशी के.सी २०८० भदौ १९ गते १:०६ मा प्रकाशित

दुई दिन देखि बालेनको फेसबुकमा लेखेको स्टाटसको बिश्लेषण गर्नमा नै व्यस्त छ पुरै नेपाली समाज। अहिलेसम्म सबैले थाहा पाईसके उनले के कारणले लेखेका थिए भन्ने । तर न कुनै राजनीति कर्मी, नसंचारकर्मी, न सर्वसाधारण नेपाली कसैले पनि न उनलाई बधाई दिएको न सहानुभुती नै दिएर दुई शब्द लेखेको देखें । अझ सबै उनलाई नियम कानुनको पाठ पढाई रहेछन् । हुंदाहुंदा संसद भवनमा समेत आलोचना मात्र बकिरहेछन् । के त्यति दुष्ट भई सकेको रहेछ त नेपाली समाज ?

हुंदाहुंदा संसद भवनमा समेत आलोचना मात्र बकिरहेछन् ।

ताईं न तुईंका कुनै नाम चलेका विदेशीका बच्चा जन्मिंदा शुभकामना लेखेको देख्छु १२ भाईहरूका पत्रिकामा पनि । तर आफ्नै देशको, सबैभन्दा ठुलो शहरको मेयरको चाहीं खेदो मात्र खन्ने ।

सबैभन्दा पहिले ई कान्तिपुरले केही लेख्यो । पत्ता के लगाएछ भने, कोटेश्वर चोकमा महानगरको गाडी चेकिंगमा परेछ । त्यो गाडीमा बालेन पत्नी सवार रहिछन् । अझ आफ्नै आंखाले देखे जस्तो गरेर लेखिदियो ।केहि ले त उनी तिजको दर पार्टी खाएर आएकी रहिछन् सम्म लेखे। ऐ त्यति पढेपछि त के चाहियो, त्यसै त लखेट्छन् बालेनलाई नेपालीले, त्यो समाचार फेसबुक , ट्विटर, टिकटकमा शेयर गरेर गाली बर्षा उनेको ओईरो लाग्यो ।

त्यस्तै बालेनको पोष्ट शेयर गर्नेको त अर्कै छ कथा । कुनैबेला नेपालतिर पत्रकारीता गरेका र अहिले अमेरिका, क्यानडा तिर भास्सिएका नेपालका भुपू पत्रकारहरू, जो बालेनको बिरोधमात्र लेख्छन् सधैं, आफ्नो फेसबुकमा लेख्न थाले । कोही म कुनै बेला कालो पदार्थ खाएर मन परि लेख्थे पत्रिकामा रे , कोही म पनि छोरीको बाउ अनेक मनपरी लेख्थें र अहिले पनि लेख्छु रे । तर बालेनले माफी माग्नै प र्छरे, सच्चीनु पर्छ रे । गज्जबै लाग्यो तिनीहरूको बिचारहरू पढ्दा । आफु गतिलो थिईन अहिले सुध्रे भन्न खोजेका हुन की के हो ?

सबैतिर हल्लाखल्ला भएपछि जागे १२ भाईहरू पनि रातभरी । बिहानीपख पत्ता लगाएछन्, बालेनको ९ दिन अगाडी छोरी जन्मिएकी रहिछन् भन्ने । तर अह “बधाई” भनेर एक शब्द कतै लेखेनन् । बरू झन्लागे अझै खेदो खन्न ।

बालेनले हस्पिटलमा मलाई जरूरत छैन नानी जन्मेको सुनाउॅंदै हिंडने भनेरे ! बालेनले गृह मंन्त्री र सिडियोलाई फोन गरेका थिए रे , उनीहरूले पास त लिनु पर्ने थियो भने रे । त्यस्तै ट्राफिक प्रहरीले पनि गाडी ओभर स्पिडिंगमा थियो भन्यो रे आदी ईत्यादी लेखे ।

सामान्य मान्छेले पनि सुत्केरी वा बिरामी गाडीमा हुंदा बिस्तारै चलाउॅंछ । महानगरको ड्राईभरले ओभरस्पिडिगं गर्र्यो होला भन्ने चाहीं पत्याउन सकिन मैले । फेरी त्यो लेख शेयर गर्दै जताततै बालेनलाई गालीको ओईरो लाग्यो !

त्यस्तै ट्राफिक प्रहरीले पनि गाडी ओभर स्पिडिंगमा थियो भन्यो रे आदी ईत्यादी लेखे ।

युट्युबको एक पत्रकारले चाहीं बालेन दम्पत्तिको पिडा राम्रोसॅंग बयान गर्र्यो । खासमा केही दिन अगाडी जुम्ल्याहा दुई नानीमा एकमात्र सुरक्षित जन्मिछिन् । उनी पनि अहिले हस्पिटलमा आइसीयुमा नै रहिछन् । शनिवारको दिन, सुत्केरी आमाको घरमा स्वास्थ अलिक ठिक नभएको र हस्पिटलमा नानीलाई दुध खुवाउन जानु पर्ने हुंदा घरमा भएको महानगरको सरकारी गाडी प्रयोग गरिएको रहेछ । हस्पिटलबाट घर फर्कने क्रममा गाडी कोटेश्वरमा चेक जांचमा परेको रहेछ । त्यो बेला ट्राफिक प्रहरीले बढी नै सोधखोज गरेर दुख दिएका रहेछन् ।

जताततै बिरोध भएपछि महानगरले के भएको थियो घटना भन्ने बारेमा आधिकारिक बिज्ञप्ती निकाल्यो । अनि फेरी १२ भाईहरू लागे खोट निकाल्न । एउटा भाईले त्यो कार्वाही गर्ने ट्राफिक प्रहरीको आमा बालेनको घर गएको, कुरा गरेर मिलापत्र भएको आदी ईत्यादी लेख्यो । गज्जब त त्यो लेखमा पनि पुरै बालेनलाई नै नराम्रो देखाएर लेखेको पांए ।

हुंदा हुंदा आज बिहान त एउटा लेख “ डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार“ लेख्दै आफुले हस्पिटलमा भोगेको पिडा पो लेखेको पढें । अब न त्यो मान्छेसॅंग बालेनको कुनै लेनादेना न त्यो हस्पिटलसॅंग नै ।

बालेनको जस्तो एक नानी बित्नु र अर्को हस्पिटलमा हुनु, सुत्केरी आमा घर र हस्पिटल गरिरहनु परेको भा यति तुच्छ लेख्न सक्दैन थिए होला कुनै नेपालीले ! अझ घरमा तेत्रो बज्रपात हुंदापनि आफुले पाएको महानगरको जिम्मेवारीको काम मेयरले गरिनै रहेका रहेछन् ।

अन्त्यमा, बालेनको जस्तो एक नानी बित्नु र अर्को हस्पिटलमा हुनु, सुत्केरी आमा घर र हस्पिटल गरिरहनु परेको भा यति तुच्छ लेख्न सक्दैन थिए होला कुनै नेपालीले ! अझ घरमा तेत्रो बज्रपात हुंदापनि आफुले पाएको महानगरको जिम्मेवारीको काम मेयरले गरिनै रहेका रहेछन् ।

अनि खासमा के कारण लेखेको रहेछन भन्ने सत्य कुरा थाहा पाईसकेपछि पनि पुरै नेपाली समाज नबधाई, न सहानुभुती, त्यसैतिनको खोईरो किन खनिरहेका छन्, मैले अझै बुझ्न सकेको छैन ।

मानवता हराएको नेपाली समाज आजकल!

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया