अमेरिका आएका नवआगन्तुकलाई प्रहरीले गाडी रोकेमा अनिवार्य रुपमा जान्नै पर्ने ७ कुराहरु

विजय थापा २०८० भदौ १८ गते २३:५२ मा प्रकाशित

अमेरिकामा प्रहरीले तपाईको सवारी साधनलाई जतिखेर र जहाँ पनि रोक्न सक्छ l कानून उलंघन नगरी प्रहरीले हत्तपत्त रोक्दैन l तथापी यहाले सीमित गतिमा गाडी चलाउनु भन्ने ठाउँमा ज्यादा कुदाउनु भयो ,रोक्नु भनेको ठाउँमा रोक्नु भएन ,कसैलाई गाडीले ठोकि दिनु भयो या दूर्घटना भयो या केही शंका लाग्यो भने तपाईले गाडी रोक्नु पर्छ l

सामाजिक संजाल ,संचार माध्यम तथा आफ्ना मानिसहरु अमेरिका भएको कारण अहिले अमेरिका आउने मानिसहरु पूर्व तयारी र पूर्ण बन्दोवस्तको साथ अमेरिका छिर्ने गर्छन l

अमेरिका आउनु अगाडी नै कहाँ बस्ने र कहिले सवारी साधन किन्ने भन्ने पनि सोच्न थालिएको छ l अमेरिकामा सवारी साधन अपरिहार्यता हुन्छ l त्यो बिना डेक चल्दैन तर कैयौ महानगरीहरुमा त्यसको जरुरी नै हुदैन l सार्वजनिक यातायातका सवारी साधन तथा रेलयानको उपयोग गर्दछन l

नेपाल र अमेरिकामा सवारी साधन लिने प्रकृयामा फरक हुन्छ l यहाँ सवारी साधन चलाउन जान्नै पर्छ l अमेरिकामा आए पछि जीवनकालमा सबैले प्रहरीको दण्ड पूर्जी (टिकट )पाएका हुन्छन l अमेरिकामा सवारी साधन किन्ने मानसिकता पारिएको छ भने ७ कुराहरु जान्नै पर्छ l अवज्ञा गरे प्रहरीले हथकडी तथा गोली चलाउन पनि सक्छ l

हाम्रै नेपाली समुदाय सदस्यहरु प्रहरीले पछ्याउने क्रममा मृत्यु पनि भएको छ l कारण सामान्य प्रहरीले रोक भन्दा आत्तिएर ,डराएर तथा भयभीत भएर दुर्घटना हुन् जान्छ l प्रहरी भनेका सहयोगी हुन् l सवारी साधन रोकेको समयमा उनीहरुले सक्दो सहयोग पनि गर्छन l तर हाम्रो हाउभाउ अलिक शंकास्पद लाग्यो भने आफ्नो सुरक्षाको लागि बन्दूक चलाउन उनीहरुलाई कानुनले रोक्दैन l यसरी कैयौ निर्दोष मारिएका छन् l

त्यसकारण यस्ता अप्रिय घटनाबाट बच्नको लागि नव आगन्तुकहरुलाई यसले केही काम गर्ने छ भनें हाम्रो बुझाई रहेको छ l प्रहरीले तपाईलाई गाडी रोक भन्दा को सङ्केत नै प्रहरीले तपाईको ठिक पछाडी आएर आकस्मिक बत्ति (झिलिक मिलिक )पार्दछन l आफ्नो ऐना बाट देख्न सकिन्छ l

प्रहरीले आकस्मिक बत्ति (झिलिक मिलिक ,फ्लास लाइट ) को संकेत दिए र आफ्नो गाडीको पछाडी पछ्याई रहेको छ भने आफूले सुरक्षित स्थानमा किनारा लगाएर रोक्नु पर्छ l नेपाल जस्तो तुरुन्तै बाहिर निस्केर प्रतिक्रिया दिनु हुदैन l यसैमा सबै भन्दा कुरा सप्रने र बिग्रने हुन्छ l हामीले अमेरिकामा जान्नै पर्छ l

प्रहरीले जस्तै हाम्रो आफ्नो गाडीको पनि बत्ति आकस्मिक बत्ति बाल्नु पर्छ l हुन् त् यो सवारी साधनको अनुमति चालक पत्र लिने क्रम मा पढ्नु पनि पर्छ तथापी कहिलेकाही बिर्सने हुनाले कुरा गडवड हुन् जान्छ l अत्यन्तै सतर्कता तथा संयम हुनै पर्छ l किनकी यस्तो नगर्नाले सिधै गोली चलाएका प्रशस्त घटनाहरु छन् l

१.सवारी साधन भित्र नै बस्ने : जब तपाई गाडी भित्र हुनु हुन्छ भने गाडी भित्र नै बस्नु होला l गाडी रोक्ने बित्तिकै बाहिर आउनु भयो भने तपाई आक्रमक हुनु हुन्छ भन्ने प्रहरीले सोच्दछन l अथवा तपाईले केही लुकाई रहेको हुनु हुन्छ भन्ने प्रभाव पर्दछ l तपाई चुपचाप गाडीमा जस्तो छ त्यसरी नै बस्नु होला l

२. सवारी साधनको यन्त्र बन्द गर्नु पर्छ : चालु अवस्थाको गाडीको यन्त्र बन्द गर्नु पर्छ l बन्द गरे पछि आफ्नो तर्फको झ्याल बिस्तारै खोल्नु पर्छ l यदि रातीको समय छ भने गाडी भित्रको बत्ति बाल्नु पर्छ किनभने उ नजदिक आउदै गर्दा तपाई के गर्दै हुनु हुन्छ भन्ने देख्नु पर्छ l

३. शान्त र सहनशील भएर बस्नु पर्छ : तपाईलाई प्रहरीले सडक किनारामा रोकेको छ भने शान्त भएर बस्नु र केही गहिरो सास र आराम गर्नु होला l उनीहरु तपाई हाम्रै सुरक्षाको लागी आएका हुन् l भयभित हुने कुरै छैन l हामी भर्खर आएकालाई आफ्नो ख्याती (क्रेडिट )राम्रो बनाउनको चिन्ता भै रहेको समयमा यदि दुर्घटना र अन्य चिजमा भएमा ख्याती बिग्रने र देश निकाला गर्छ कि भन्ने पनि हुन्छ l

४. तपाईको हात वृत बिड (स्टेरिंग )मा हुनु पर्छ : जव सम्म प्रहरी अधिकारी तपाई सम्म आई पुग्दैनन तपाईको हात अन्य स्थानमा हुनु हुदैन l यस्तो हुदा अप्रिय घटना घट्न सक्छन र घटेका छन् l प्रहरीले दण्ड पूर्जी दिंदा बहस चर्को बहस नगर्नु होला l अमेरिकामा खुलेर तर्क पनि दिन पाइन्छ l हामीलाई चित्त बुझेन भने अदालतमा कुरा राख्न पनि पाइन्छ l कैयन प्रहरीहरु यस्ता कुरामा असफल पनि हुन्छन l प्रहरीले दण्ड पूर्जीको सही प्रमाण जुटाउन नसक्दा सवारी साधन धनीले दण्ड रकम पनि तिर्नु पर्दैन l नरम र मिजासिलो भए प्रहरी अधिकारी संग बोल्नु पर्छ l

प्रहरीले ५० माइल प्रति घण्टा गतिको स्थानमा ५५ किन कुदाएको भनि पनि लिन चाहेमा दण्ड पूर्जी दिन सक्ने हुन्छ l जति कम बोल्यो त्यति नै राम्रो हुन्छ lप्रहरीले तपाईलाई मैले किन गाडी रोके थाहा छ भनि सोधेमा ? छैन या अह थाहा छैन मात्र भने राम्रो l मलाई माफ गर्नु होला भन्दा कहिलेकाही पहिलो पटक छ भने हाम्रो व्यवहारले पनि जरिवाना पूर्जी(टिकट ) नदिन सक्छ l यो पंक्तिकारलाई पनि दुई पटक माफ दिएका छन् l

प्रहरीले मागेको कागजात दिन ढिलो गर्नु हुदैन l प्रहरीले चालक अनुमति पत्र ,सवारी साधन धनि पूर्जा ,बीमा कागजात र परिचय पत्र माग्दछन l यहा हरेक समय आफ्नो साथमा भएको परिचय पत्र दिनु पर्छ l प्रहरीले कागजपत्र हेर्ने समय सम्म पर्खनु होला l यदि तपाई संग बन्दूक छ भने प्रहरीलाई जानकारी दिनु पर्छ किनभने अमेरिकामा बन्दूक राख्ने अनुमति हुन्छ l

५. तपाई सभ्य सुशील हुनु होला :प्रहरी संग मीठो बोल्नु होला l सभ्य सुशील हुनु होला l प्रहरीसंग आदरपूर्वक कुरा गर्नु होला l दण्ड पूर्जी दिए भने पनि स्वीकार गर्नु होला l कठोर तथा अशिष्ट शव्द प्रयोग नर्गनु होला

६.वादविवाद गर्नु हुदैन : सडकमा वादविवाद गर्ने हैन l वाद विवाद गर्ने भनेको स्थान नै अदालत हो l आफू गलत छैन भन्ने लाग्यो भने पनि तर्क त्यहा हैन अदालतमा गर्न सकिने भएकोले गरम सवाल जवाफ नगर्नु नै बेस l

७ .प्रहरीले दिएको दृष्टान्त कागजात (साईटेसन )मा हस्ताक्षर गर्नु पर्ने : प्रहरीले गाडी रोके पछि एउटा कागजात तयार गरेर ल्याउछ्न l र सवै कुरा संक्षेपमा भनि दिन्छन र तपाईलाई केही भन्नु छ भने न्यायालयमा आउनु भनि जानकारी दिन्छन l र ,मीठो बोलेर शुभयात्रा भन्दै छुटिन्छन l यसको मतलव यो हैन कि तपाई अपराधी हुनु भो भनेर दस्तखत गराएको हैन l यसको मतलव तपाईले दृष्टान्त कागजात लाई स्वीकार गर्नु भयो र कि तपाईले दण्ड रकम तिर्नु पर्छ या अदालतमा हाजिर हुनु पर्छ भन्ने आसय हो l

प्रहरीले दण्ड पूर्जी थमाए पछि अधिकांश सवारी साधन धनिहरु दुखित हुने गर्छन l अमेरिकामा मानिससंग समय कम भएकोले अदालतमा जानु भन्दा जरिवाना नै तिर्ने गर्छन l

श्रोत : विभिन्न पत्रपत्रिका/गुगल खोज

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया