काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि तीन देशका राजदूतले छुट्टा–छुट्टै समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अलि अलानसरीले ओहोदाको प्रमाणपत्र पेस गरे ।
यसैगरी, गणतन्त्र पेरु र कम्बोडियाका गैर आवासीय राजदूतद्वय जेभियर मानुएल पाउलिनिच वेलार्ड र कोय कुओङले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिए ।
प्रतिक्रिया