अध्यावधिक गरिएको : छन्द कविता वाचिका सरु गुरागाईको क्यान्सर(अर्बुद) रोगको उपचारका लागि ४ दिनमा ५३ हजार डलर सङ्कलन , लक्ष्य ५० हजारबाट डलर बाट ७५ हजार गरियो

इनेप्लिज २०८० भदौ १७ गते १०:१५ मा प्रकाशित

अध्यावधिक गरिएको : लुइभेल, केन्टकी । छन्द कविता वाचिकाको रुपमा परिचित सरु गुरागाइलाई क्यान्सर (अर्बुद)रोगको उपचारका निम्ति ४ दिनमा ५३ हजार ७ सय डलर सहयोग प्राप्त भएको छ । सरुका पति मुरारी गुरागाइले खोलेको गोफन्ड मि खातामा ४ दिन सो राशी सङ्कलन भएको हो ।

सरुको उपचारमा करिव ५० हजार डलरभन्दा वढी खर्च हुने भएको छ । ४ दिन अगाडी गोफन्ड मि खोल्दा ५० हजार डलर लक्ष्य राखिएता पनि शुभचिन्तक र सहयोग गर्ने क्रम जारी रहदा सो ५० हजार डलरको लक्ष्यलाई बढाएर ७५ हजार डलर गरिएको छ ।

स्पाइनल कर्ड(मेरुदण्ड)मा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर (अर्बुद)पहिचान भएको हो ।

रामायण लगायत थुप्रै रचनाहरुमा सुमधुर स्वर दिएकी वाचिका गुरागाई हाल अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा ७ वर्ष र २२ महिनाका दुइ वच्चाहरु र पति मुरारी गुरागाइका साथमा वसोवास गर्छिन ।

सरुका पति मुरारी गुरागाइले उपचारका निम्ति गोफण्ड मार्फत सहयोग गर्न सवैलाई अपिल गरेका छन् । उपचारका निम्ति ५० हजार डलर उठाउने लक्ष्य बाट वृद्धि गरि ७५ हजार डलर राखिएको छ ।

सहयोगका निम्ति यो लिंक(कडी )मा जानुहोला ।

https://www.gofundme.com/f/support-saru-guragain-for-cancer-treatment?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

प्रतिक्रिया