उत्कृष्ट पाठकको नवौं शृङ्खलामा ऋतु बम बिजयी

इनेप्लिज २०८० भदौ १६ गते ०:४० मा प्रकाशित

टीकापुर , कैलाली । टीकापुर सरोकार समुहले टीकापुर सामुदायिक पुस्तकालयको ब्यबस्थापनमा प्रतेक महिना प्रदान गरिएको रु दस हजार नगद पुरस्कार रहेको उत्कृष्ट पाठक पुरस्कारको नवौं शृङ्खला श्रावण महिनाको पुरस्कार डडेलधुरा घरभै हाल टीकापुरमा कृषि बिज्ञान बिषयकि बिद्यार्थी ऋतु बमले प्राप्त गरेकी छिन ।

श्रावण महिना भरिमा टीकापुर सामुदायिक पुस्तकालयमा अनुशासित रुपमा १८८ घन्टा अध्ययन गरेकी बमले पाठ्यक्रम लगाएत लोकसेवा तयारीका सन्दर्भ सामाग्रीका पुस्तकहरु अध्ययन गरेकी थिइन ।

१६ औं पुस्तकालय दिवसको अवसरमा पुस्तकालयमा आयोजित एक कार्यक्रमा टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र रावलले उनलाई प्रशंसापत्र सहित नगद रुपैयाँ दस हजार पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । टीकापुर सरोकार समुहका सचिव नवराज भट्टराईक अनुसार श्रावण महिनाको पुरस्कार एनआईसी एसिया बैंक धनगढीका दीपक बिष्ट र टीकापुरका शाखा प्रवन्धक अर्जुनप्रसाद भट्टले सयुक्त रुपमा सौजन्य गरेका हुन ।

प्रतिक्रिया