अध्यावधिक गरिएको : लुइभेल, केन्टकी । छन्द कविता वाचिकाको रुपमा परिचित सरु गुरागाइलाई क्यान्सर रोगको उपचारका निम्ति चौविस घण्टामा ४१ हजार डलर सहयोग प्राप्त भएको छ । सरुका पति मुरारी गुरागाइले खोलेको गोफन्ड खातामा २४ घण्टाभित्र सो राशी जम्मा भएको हो ।
सरुको उपचारमा करिव ५० हजार डलरभन्दा वढी खर्च हुने भएको छ । स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो ।
रामायण लगायत थुप्रै रचनाहरुमा सुमधुर स्वर दिएकी वाचिका गुरागाइ हाल अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा ७ वर्ष र २२ महिनाका दुइ वच्चाहरु र पति मुरारी गुरागाइका साथमा वसोवास गर्छिन ।
सरुका पति मुरारी गुरागाइले उपचारका निम्ति गोफण्ड मार्फत सहयोग गर्न सवैलाई अपिल गरेका छन् । उपचारका निम्ति ५० हजार डलर उठाउने लक्ष्य राखिएको छ ।
सहयोगका निम्ति यो लिंकमा जानुहोला ।
प्रतिक्रिया