अमेरिकामा मेस्सीको अर्को खेल सबैभन्दा महँगो हुने ,औसत टिकट मूल्य ६९० डलर(५२७ % वृद्धि)

इनेप्लिज २०८० भदौ १५ गते १:३२ मा प्रकाशित

अमेरिकामा हुने लियोनेल मेस्सीको अर्को खेल सबैभन्दा महँगो हुने भएको छ । औसतमा टिकट मूल्य दर ६९० डलर अर्थात् ५२७ % ले वृद्धि भएको टिकपिकले जनाएको छ । टिकपिक बिधुतिय टिकट बिक्रि गर्ने मंच हो ।

इन्टर मायामी र लस एन्जलस एफसी बीचको खेल आउने आइतवार हुनेछ । खेलको टिकट मूल्यहरू अहिले सम्म कै मेजर लिग सकर (मुख्य लात्ते भकुण्डो )खेलको लागि सबैभन्दा महँगो भएको सिएनएनले जनाएको छ ।

बिश्व कै महान खेलाडी मेस्सी खेलमा संलग्न हुनु अगाडी टिकट दर केवल ११० डलर मात्र रहेको थियो । मेस्सी एमएलएस (मेजर लिग सकर )मा सामेल भएदेखि नै टिकटको मूल्य नियमित रूपमा वृद्धि गरिएको छ । गत हप्ता मेस्सी भएकोले न्यूयोर्क रेड बुल्सको टिकटको लागि सामान्य भन्दा लगभग १,००० % बढी थियो।

अमेरिकामा सकर डटकम खुद्रा बिक्रेताले गत हप्ता सिएनएनलाई सबैभन्दा धेरै बिक्रि हुने गन्जी मेस्सीको रहेको बताएको थियो ।

प्रतिक्रिया