छन्द कविता वाचिका सरु गुरागाइलाई क्यान्सर, उपचारका लागि गोफन्डमार्फत सहयोग अपिल

इनेप्लिज २०८० भदौ १४ गते १३:५१ मा प्रकाशित

लुइभेल, केन्टकी । छन्द कविता वाचिकाको रुपमा परिचित सरु गुरागाइलाई क्यान्सर रोगको पहिचान भएको छ । स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो ।

रामायण लगायत थुप्रै रचनाहरुमा सुमधुर स्वर दिएकी वाचिका गुरागाइ हाल अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा ७ वर्ष र २२ महिनाका दुइ वच्चाहरु र पति मुरारी गुरागाइका साथमा वसोवास गर्छिन ।

सरुका पति मुरारी गुरागाइले उपचारका निम्ति गोफण्ड मार्फत सहयोग गर्न सवैलाई अपिल गरेका छन् । उपचारका निम्ति ५० हजार डलर उठाउने लक्ष्य राखिएको छ ।

सहयोगका निम्ति यो लिंकमा जानुहोला ।

https://gofund.me/2a28b3a4

https://www.youtube.com/watch?v=B3PK6JnXurM

https://www.youtube.com/watch?v=B3PK6JnXurM

https://www.youtube.com/watch?v=RZIKbpAiZ_Q

प्रतिक्रिया