पोखरा महानगरपालिका वडा न २५ मा मित्रलाल त्रिपाठीको कृषी फर्ममा रहर लाग्दो ड्रागन खेती सुरु भएको छ ।
मित्रलाल त्रिपाठी अहिले ६२ वर्षको हुनुभयो । ३५ वर्ष सरकारी जागिरगरेर अब बाकि जीवन के गर्ने होला भन्ने उहामा चिन्ता रहेको थियो । नेपालमा लकडाउन भएपछी मोबाईलमा हेर्दा अनौठो खेतीको रुपमा ड्रागन खेतीलाई चित्रण गरिएको थियो ।
ड्रागन खेती के होला भन्ने उहालाई जान्न मन लागिरहेको थियो । त्यसैक्रममा उहा भारत जानुभयो । भारतमा पनि व्यवसायीक रुपमा ड्रागन खेती भएको देखेपछि उहालाई पनि आफ्नो ठाउमा बाजो रहेको जमिनलाई अब झाडी फाडेर यो खेती गर्नुपर्छ भन्ने सोच आयो ।
विदेश भ्रमणको क्रममा देखेका र भोगेका केहि अनुभाव आफ्नै ठाउमा प्रयास गरौ भनेर त्रिपाठीले अहिले पोखरा २५ मा ड्रागन खेती गर्दै आउनुभएको छ । उहा भन्नुहुन्छ प्रत्यक दिन बारीमा के भयो होला भन्ने लाग्छ बिहानै आउछु , गोडमेल गर्छु अनि घरमा जान्छु । अहिले यो व्यवसाय गर्दै गर्दा आनन्द आएको र अब यसलाई कसरी व्यवसायीक बनाउने भन्ने सोचमा आफु रहेको त्रीपाठी बताउनुहुन्छ
तल भिडियोमा हेर्नुहोस : यस्तो छ अहिलेको उहाको बारीमा हुर्कदै गरेको ड्रागन खेती
प्रतिक्रिया