विश्वकप एसीया क्षेत्र छनोटमा मलेसियाविरुद्ध नेपालको रोमाञ्चक जीत

इनेप्लिज २०८० भदौ १४ गते ७:१४ मा प्रकाशित

काठमाडौ, आइसिसी महिला टी–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको पहिलो खेलमा आयोजक मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जीत निकाल्दै प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको हो ।

मलेसियाले भने पहिलो खेल नै जित्नै मौका गुमायो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान विनिफ्रेड दुराईसिंगमले २८, ऐना हामिजाह हाशिमले १४ र मास एलिसाले १० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि कविता कुँवर, कुविता जोशीले दुईरदुई, कप्तान रुबीना क्षेत्री र अश्मिाना कर्माचार्यले एकरएक विकेट लिए ।

त्यसअघि क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो ।

नेपालका लागि सीता राना मगरले ५४ बलमा एक चौकासहित अविजित ३८ रन बनाइन् । यस्तै, अप्सरी बेगमले १७, कप्तान रुबिना क्षेत्रीले १२, पूजा महतो र कविता जोशीले ५र५ रन बनाए ।

काजल श्रेष्ठ, सम्झना खड्का र इन्दू वर्मा भने शून्यमै आउट भए । मलेसियाका लागि ऐना हामिजाह हाशिमले ४ ओभरमा एक मेडन राख्दै १४ रन दिएर सर्वाधिक २ विकेट लिइन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

त्यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया