रुसी रक्षा मन्त्रालयले क्राइमिया नजिकै अमेरिकी मानवरहित यान (ड्रोन)लाई रोकेको दावी

इनेप्लिज २०८० भदौ १२ गते १:१६ मा प्रकाशित

रुसी रक्षा मन्त्रालयले क्राइमिया नजिकै अमेरिकी मानवरहित यान (ड्रोन)लाई रोकेको दावी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले प्रायद्वीप नजिकै संयुक्त राज्य वायुसेना एमक्यू-९ “रीपर” र आरक्यु-४ “ग्लोबल हक” नामक मानवरहित यानलाई रोक्न दुईवटा लडाकु विमानहरू तैनाथ गरेको बताएको छ।

कालो सागर(ब्लाक सि )को दक्षिणपश्चिमी भागमा उडान गर्ने उपकरणहरूको निगरानी गरिरहेका रूसी सेनाहरूले मानव रहित यान पत्ता लगाएको रूसी रक्षा मन्त्रालयले टेलिग्राममा बताएको छ ।

दुई रूसी लडाकु विमानहरू “राज्यको सीमाको सम्भावित उल्लङ्घन” लाई रोक्न र “कुनै पनि रेडियो-प्राविधिक जासूसीको सामना गर्न” तैनात गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

हवाई गस्तीमा रहेका कार्यबलको कारण अमेरिकी मानव रहित यानले आफ्नो उडान मार्ग परिवर्तन गर्यो र क्षेत्र छोड्यो, रुसी रक्षा मन्त्रालयले भन्यो।

पेन्टागनका प्रवक्ता ग्यारोन गार्नले सिएनएनलाई भने, “अन्तर्राष्ट्रिय कानूनले अनुमति दिए अनुसार यस क्षेत्रमा बिमान चलाउने र युद्धाभ्यासको स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकाले कालो सागरमा नियमित मिसनहरू उडान गर्न जारी राख्नेछ।”

प्रतिक्रिया