लेखौं कलमको मसी मात्र स्वाहा

इनेप्लिज २०८० भदौ ११ गते ०:४५ मा प्रकाशित

बालानन्द भण्डारी ,हाल मेरिल्याण्ड

लेखौं कलमको मसी मात्र स्वाहा
बोलौं बिस्तारै स्वर बिलाउदो
सुस्केरा सम्म पनि निस्कन धौ धौ
जिब्रो मात्र लर्बराउदो
यत्र तत्र सर्बर्त्र
अँध्यारो अँध्यारो
केवल अँध्यारो
किन आँखा धमिलो
भएरै हो त ? वा
यथार्त नै त्यस्तो हो
दृस्टी भ्रम भएको त होइन ?
उफ ! मुटु मै घोच्ने खबर हरुले
खचा खच्
अखबार भरिएका
दुस्कर्मका नालीबेली फ़ैलाउदा
कोलाहल !
बुध्द ? शान्ति ? योगी ,तपोभुमी ?
खै ? खै ? खै ?
मात्र हिनताबोध ? लागुताभाष ? नियती ?
भकारीमा नअटाऊदा प्रश्नहरु
केवल प्रश्नहरु
खै कति बर्षमा हो नदि पनि फर्कन्छ भन्थिए
कुकुरको पुच्छर अनि
अर्थहिन ढुग्रो
रसाएका अनि मधुरा आँखाहरु
उज्यालो देख्न आतुर
लर्बराउदो जिब्रो पनि
खुशीको बात सुनाउन आतुर
यत्तिकैमा रुन्चे स्वरमा अन्तर आत्मा बोल्छ
के रे के रे के रे ? पख पख पख
म काँप्दै सोध्छु, कहिले सम्म कुर्नु पर्ने ?
१० भाद्र , २०८०

प्रतिक्रिया