अमेरिकाको लुइभिलमा राति गोली चल्दा एक जनाको मृत्यु ,कैयौं घाइते

इनेप्लिज २०८० भदौ १० गते १४:५२ मा प्रकाशित

अमेरिकाको लुइभिलमा राति गोली चल्दा एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन । आइतबार बिहान लुइभिलको एक चमेनागृह र मधुशाला नजिकै गोली चल्दा एक जनाको मृत्यु हुनुको साथै अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

लुइभिलको मुख्य शहर (डाउनटाउन)मा बिहान ३ बजेतिर प्रहरी घटनास्थलमा पुग्दा एक व्यक्तिलाई मृत फेला पारेको लुइभिलका प्रहरी प्रमुख शानन लाउडरले घटनास्थल नजिकै सचारकर्मीहरुलाई ।

गोली लागेर घाइते भएका अर्का एक व्यक्तिलाई आइतबार बिहान अस्पताल लगिएको थियो र उनको अवस्था गम्भीर रहेको उनले बताए ।

अन्य चार जनालाई चोटपटक लागेको छ भने उनीहरु खतरामुक्त रहेका छन् ] गोली प्रहार गर्ने कोही पनि पक्राउ परेका छैनन् । प्रहरीले आइतबार बिहान पनि अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया