अमेरिकाबाट आयो रमाइलो नचाउने तीज गीत “हाई भन्यो मायाले” सार्वजनिक भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा छायाँकन गरिएको उक्त गीतमा नायिका प्रियंका कार्की, रुवी पौडेल, हास्य कलाकार द्वय ख़ेम शर्मा, शिवहरी पौडेल लगायत बाल्टीमोर निवासी दिदी बहिनीहरु रहेका छन् ।
यो गीतको शब्द र संगीत लक्षण पौडेलले दिएका छन् भने स्वर कल्पना देवकोटाको रहेको छ ।
छायांकन पवन गौतमले गरेका हुन् भने नृत्य निर्देशक शिव बि क रहेका छन् ।
यो अङ्कियदृश्य (भिडियो )हेर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया