हवाईको माउई टापुमा इतिहासकै भिषण आगलागीबाट अझै ३८८ बेपत्ता

इनेप्लिज २०८० भदौ ९ गते ११:०५ मा प्रकाशित

हवाईको माउई टापुमा इतिहासकै भिषण आगलागीबाट अझै ३८८ बेपत्ता भएको नाम सार्वजनिक गरेपछि १०० भन्दा बढी सुरक्षित रहेको सूचना प्राप्त भएको समाचार सिबिएसन्यूजले जनाएको छ ।

माउई काउन्टीका अधिकारीहरूले गत बिहीबार ढिलो गरी ३८८ जना बेपत्ता व्यक्तिहरूको नाम जारी गरेका छन् । गत अगस्त ८ का दिन विनाशकारी जंगलमा लागेको डढेलोपछि जारी गरिएको यो पहिलो सूची हो।

यद्यपि सार्वजनिक भएको एक दिन भित्र सूचीमा रहेका १०० भन्दा बढी व्यक्तिहरू वा उनीहरूका आफन्तहरू आफूहरू सुरक्षित छन् भनि अगाडि आएको एफबीआईले शुक्रबार जानकारी दिएको छ ।

अधिकारीहरूले सीबीएस न्यूजलाई १०० जनाको सूचीबाट हटाइएको बताएता पनि अझै पनि जाँच र पुष्टि गर्न आवश्यक भएको जनाएका छन् ।

होनोलुलुमा एफबीआईका विशेष गुप्तचर अधिकारी स्टीभन मेरिलले एक पत्रकार सम्मेलनमा दूरवार्ता (फोन) वा बिधुतिय डाक (इमेल )मार्फत सम्पर्क गर्नेहरु प्रति आभारी व्यक्त गरे।

लहैना आगलागीमा कम्तीमा १ सय १५ जनाको मृत्यु भइसकेको छ तर मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । माउई काउन्टीले अहिलेसम्म ४५ जना पीडितको पहिचान गरेको अधिकारीहरूले शुक्रबार भने।

गत बिहीबार ७ वर्षीय टोनी ताकाफुआ डडेलोको पहिलो बच्चाको रूपमा पुष्टि भएको थियो। ताकाफुआको अवशेष, उनका तीन आफन्तका अवशेषहरू, उनकी ३९ बर्षिय आमा सलोते टोन लगायत उनीहरूको घर नजिकै जलेको कारमा फेला परेका थिए ।

मारिनेहरुमा धेरै बालबालिका रहेको अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । आगलागीले लगभग पूरै ऐतिहासिक शहर लहैनालाई ध्वस्त पारेको थियो।

प्रतिक्रिया