स्पानेली लात्ते भकुण्डो(फुटबल)का अध्यक्ष लुइस रुबियल्सले चुम्बन काण्डमा राजीनामा नदिने

इनेप्लिज २०८० भदौ ९ गते १:१२ मा प्रकाशित

स्पानेली लात्ते भकुण्डोका अध्यक्ष लुइस रुबियल्सले चुम्बन काण्डमा राजीनामा नदिने भएका छन् । छोटो चुम्बन सहज, पारस्परिक, उत्साहपूर्ण र सहमतिमा भएको उनले भने।

रोयल स्पेनिस फुटबल संघ (आरएफईएफ) का अध्यक्ष लुइस रुबियल्सले सिड्नीमा भएको महिला बिश्व लात्ते भकुण्डो (विश्वकप)को समापन समारोह (फाइनल)मा आफ्नो व्यवहारको फिफाको अनुशासनात्मक अनुसन्धानपछि राजीनामा नदिने भएका छन् ।

महिलाले पनि यस बिषयलाई कुनै चासो दिएकी छैनन् भने उनले समय मात्र लिएकी छिन ।

उनले गरेको चुम्बनले विवाद उत्पन्न गरेको र उनले खेलाडी जेनिफर हर्मोसोलाई चुम्बन गरेका थिए । आफ्नो कार्यको रक्षा गर्दै एक भाषणमा उनले माफी मागे तर जोशका साथ आफूलाई आरोपहरूबाट बचाए भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ । फिफाले आफ्नो आचरणको मूल्याङ्कन गर्न ४६ वर्षीय विरुद्ध कारबाही सुरु गरेको बताएको २४ घण्टापछि मात्रै बैठक बसेको हो ।

“फिफाले सबै व्यक्तिहरूको अखण्डताको सम्मान गर्न आफ्नो अटल प्रतिबद्धता दोहोर्याउँदछ र विपरित कुनै पनि व्यवहारको कडा निन्दा गर्दछ,” महासंघले बिहीबार बिज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया