औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक–एमाले अध्यक्ष ओली

इनेप्लिज २०८० भदौ ८ गते २२:०३ मा प्रकाशित

विराटनगर ,८ भदौ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउनु भएको छ ।

नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागद्वारा आज साँझ यहाँ आयोजित वर्तमान आर्थिक अवस्था– समस्या समाधान छलफल कार्यक्रममा उहाँले पूर्वाधार निर्माणबाट मुलुकमा औद्योगिक उत्पादन वृद्धि भई विकासको गतिले तिव्रता लिने विचार व्यक्त्त गर्नु भयो ।

अध्यक्ष ओलीले एमालेको नीति मुलुकमा औद्योगिक विकास गरी उपभोक्ता होइन उत्पादन, वेरोजगार होइन रोजगारी मुलुक बनाउने तर्फ लागेको बताउनु भयो ।

उहाँले उद्यमीहरुलाई उद्योग स्थापना, भन्सार, कृषि सम्बन्धी समस्या समाधानका लागि संसदमा आवाज उठाएको जानकारी दिनु भयो ।

उद्योगपतिका लगानी संरक्षण, उद्योगको संरक्षण र प्रतिवद्र्धन गर्न आवश्यक सुझाव दिन अध्यक्ष ओलीले आग्रह गर्दै यस सम्बन्धमा सत्तापक्षसँग वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

अध्यक्ष ओलीले राजनीति सेवा भएको चर्चा जनताको जीवनस्तर वृद्धि गरी मुलुकलाई समृद्धितर्फ लाने उद्देश्यले कार्य गरिरहेको बताउनु भयो ।

पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले उद्योगतिको मनोबल उच्च बनाउने कार्य गरिरहेको बताउनु भयो ।

कार्यक्रममा विभागका अध्यक्ष पूर्वराज्यमन्त्री मोती दुगड,नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्घठन मोरङका अध्यक्ष राकेश सुराना,किशोर प्रधान उद्यमीहरु विकास वेगवानी, महेश जाजु, ताराचन्द खतान लगायतले भ्रष्टाचार नियन्त्रण गरि उद्योगलाई राज्यले संरक्षकको भूमिका निभाउनतर्फ पहल गर्नुपर्ने सुझाव दिनु भयो ।

प्रतिक्रिया