अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जर्जियाको फुल्टन काउन्टी कारागार कैदी नम्बर अर्थात् अङ्क दिइएको छ । उनलाई उक्त कारागारमा तस्बिर समेत खिचिएको सिएनएनले जनाएको छ ।
उनि लगायत १८ जना उनका अन्य सहयोगीहरुले निर्वाचन नतिजा उल्टाउन गरेको प्रयासको आरोपमा अगस्त २५ सम्म फुल्टन काउन्टी जेल (कारागार)मा आत्मसमर्पण गर्न समय दिएकोले ट्रम्प स्वयम् एक दिन अगाडी त्यहाँ उपस्थिति भए ।
ट्रम्पलाई धरौटीमा रिहा गरिएको कारागारको अभिलेखले बताएको सिएनएनले जनाएको छ । उनलाई कैदी नम्बर(अङ्क ) पि०११३५८०९ दिईएको छ ।
ट्रम्पलाई गिरफ्तार गरिएको र फुल्टन काउन्टी जेलमा राखिएको थियो भने उनि धरौटीमा रिहा भै सकेका छन् ।
कारागारको अभिलेखले ट्रम्प ६ फिट ३ इन्च अग्लो र २१५ पाउण्ड तौल भएको देखाएको छ । उनि नीलो आँखा र सेतो कपाल भएको रूपमा सूचीबद्ध छन्।
फुल्टन काउन्टी शेरिफ प्याट ल्याबटका अनुसार जर्जिया चुनाव विध्वंस मुद्दामा सबै १९ प्रतिवादीहरू काउन्टीका कुनै पनि अन्य आपराधिक प्रतिवादीहरू जस्तै उस्तै प्रक्रियाबाट जाने बताएका थिए जस अनुसार सबैको औंठाछापहरू र तस्बिहरू लिइएका छन्।
उनी झण्डै २० मिनेट कारागार (जेल)मा रहेका थिए । त्यस पनि उनि एटलान्टाको हार्ट्सफिल्ड-ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएका छन । ट्रम्प न्यू जर्सीमा रहेको आफ्नो बेडमिन्स्टर गल्फ क्लब फर्कन आफ्नो निजी विमानबाट जाने भएका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार धरौटीमा रिहा भएपछि पत्रकारहरूलाई संक्षिप्त सम्बोधन गरे।
“मैले केही गलत गरेको छैन,” उनले भने। ट्रम्पले आफूविरुद्धको आपराधिक मुद्दालाई ‘न्यायको अपमान’ भनेका छन् ।
ट्रम्पले जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी आरोपमा फुल्टन काउन्टी कारागारमा आत्मसमर्पण गरेपछि एटलान्टा छोडेका छन ।
यस वर्ष चौथो पटक पूर्व राष्ट्रपतिले आपराधिक आरोपहरूको सामना गरेका छन्।
प्रतिक्रिया