उहाँको जन्म अगष्ट २६,१९४३ मा दार्जीलिंग जिल्लाको मिरिक भन्ने शहरमा तामाङ्ग परिवारमा बाबु डाक्टर बुद्धिमान योन्जन आमा छेकु डोल्म योन्वनकोखबाट भएको थियो । पंक्तिकारले उहाँको संगित र उहाँले गाउनु भएका बिशिष्ट कर्णप्रिय गीतहरु रेडियो नेपालबाट सुनेको तर उहाँ सँग भेट नभएको । २०२९ सालतिर मेरी गाँउकी बहिनीलाई पद्यम कन्या कलेज बागबजारमा भर्ना गर्न लगेर गएको समयमा, “संगित प्रोफेसर गोपाल योन्जन भन्ने नाम देखे पछि मेरो मनमा तरंग उठ्यो हाम्रो जातको मानिस पनि ठूलो मानिसले यहाँ काम गर्दो रहेछ, मनमा खुसि बोकेर डेरामा फर्के । उहाँको बारेमा थाह पाउन र नजिक बस्न मलाई मौका मिलेको थिएन । हालका तामाङ्ग घेदुुङको आमा संस्था तामाङ्ग सेवा .गुठीलाई सन्तबीरलामाका छोरा जुद्ध बिर लामाको घरबाट २०३६ सालमा श्रावाण महिनाको २६ गते तामांङ्गहरुको ईतिहासमा पहिलो पटक २५ सयजना तामाङ्गहरुको सहभागीतामा जुद्धबिरलामाको नेतृत्वमा ऐतिहासिक सम्मेलनपछि, तामाङ्गहरु पहिलो पटक नेपालले राखेको नाम भोटेबाट तामाङ्ग भएर नेपालभरिका गोरखापत्र लगायतका बिभिन्न पत्रपत्रिहरुमा आर्कषित समाचार भने । तर यो संस्थालाई घरबाट बाहिरा निकाल्न भने किन गाह्रो थियो सबैजनाका्े सहयोगमा पुतली सडकमा महिनाको २५ रुपैया तिरेर भाडामा लियौं तर कोठाभाडा तिरी दिने दुईजना स बाट नाम उठेका समाजका श्रदेय दाईहरु सत्यमान लामा र अर्क श्याम लामाबल नै थिए । कोठाभाडा तिर्न हामीहरुलाई धौ धौ परेको समयमा हामीहरुले २०३७ सालको आश्विन महिनामा “झिल्के साँझको परिकल्पना गर्यो” तर को कलाकारलाई ल्याउने । हामीहरु गयौं गोपाल यो्न्जनको घर ज्ञानेस्वरमा । हामीहरुलाई देख्ने बित्तिकै “म नै आउने थिए तपाईहरु आउन भए छ” लौ भन्नु होस कहिले गर्ने । हामीहरु छक्क पर्यौ उहाँले सर्हष हाम्रो अनुरोधलाई स्वीकार्नु उहाँको नेतृत्वामा प्रज्ञा भवनमा झिल्के साँझ सम्पन्न भयो ।यस बापत एक पैशा पनि लिनु भएन र सेवा गुठीलाई कोठाभाडा तिर्न सहयोग भो । मैले यो भूमिका किन बाध्नु पर्यो भने नेपाल र नेपालीका लागि कति योगदान गरे गोपाल योन्जनले ।
गोपाल योन्जन एउटा बहु प्रतिभावशाली कलाकार हुनुहुन्थ्यो।आज उहाँ बाचेको भए ८० बर्षको शुभ जन्मोत्सव देशभर मनाउथे होला तर उहाँको दिबगत आत्मलाई चीरशान्तीको श्रद्धान्जली अर्पण गर्दछु । उहाँ नेपालमा नेपाली विषयमा मास्टर डिग्री पढन आउनु भएको रहेछ । तर नेपाललाई सांगीतिक क्षेत्रमा स्वर्णरुप दिएर जानु भो उहाँलाई बिर्सिन नदिन बर्षमा एक पटक सम्झनका लागि मुलुक भर विदेशमा रहेका डायसफोराका नेपालीहरुले अगष्ट २६ तारिखकका दिन एक पटक “देशले रगत मागे मलाई बलि चढाउन” भन्ने दादरा तालमा गाना गाएर मनाए उहाँप्रति राम्रो श्रद्धान्जली हुने थियो भन्ने यो पंक्तिकारको अनुरोध हो ।
उहाँको रचनाहरुले र नेपालमा उहाँको स्वरले हरेक विधामा गाउन सकिन्थ्यो ।शास्त्रीय, रोमान्टिक, लोकलय, तामाङ्ग सेलो, “च्याङपा होइ च्याङपा” “मेरो पाउजुले देशले रगत मागे मलाई बलि चढाउनु रुदिन मेरी आमा उनि नेपालकी छोरी । उहाँको पहिलो गीत १९६४ मा रेकर्ड गरेको थियो “ सम्झेर बुझेर दिहाल त्यो जोवन, आँखा लोभी मन पापी बुझदैन तिम्रो मन, कर्मयोन्जनको संगित र स्वर तथा दिलमाया खातीको स्वरमा । गोपाल योन्जन एक नेपाली गीतकार।गायक र संगीतकारको रुपमा हामीहरुलाई योगदान छोडेर जानु भएको छ । उहाँले आफनो देशभक्तिपूर्ण नेपाली गीतका लागि परिचित भएर दिबगत भयो । उहाँको आवाजले उहाँलाई नेपाली संगीतको हरेका विधामा गीत गाउने छेमता र अनुमति दिएको थियो । गोपाल योन्जन व्यवसायिक गायक संगीतकार,रचनाकार बनेका नेपालमा पहिलो पुस्ताका हुन । धेरै चलचित्रहर र नाटकहरुमा उहाँका संगित र स्वर रचनाहरु छन । आजका युवापिंडीहरुका लागि गोपाल योन्जन एउटा खोजपूर्ण विषय बनेको छ । गोपाल योन्जनले आफनो सम्पूर्ण जीवन संगीत निर्माणमा समर्पित गरे । नेपाली लोक र परम्परागत साथै भारतीय विशेष गरी रबीन्द्र संगीत र नेवारी शास्त्रीय संगीतको अनुसनधान र अध्यन गर्न बर्षौ बिताए । उहाँको रचनाहरु समुन्द्र भन्दा गहिरो छन हिमाल भन्दा उच्च छन । आज उहाँका रचनाहरु गोपालय पुस्तकमा सुरक्षित छन । उहाँका केहि रचनाहरु भारतमा बन्द छ “खुकुरीले लेखेको ईतिहास” च्याङपा होइ च्याङपा आजकल बिबिसी नेपालीसेवाका मुख धुनको रुपमा प्रस्तुत भएको पनि २० बर्षजति भयो ।
गोपालले आफ्नो सम्पूर्ण जीवन संगीत निर्माणमा समर्पित गरे । उनले नेपाली लोक र परम्परागत साथै भारतीय विशेष गरी रवीन्द्र संगीत र नेवारी शास्त्रीय संगीतको अनुसन्धान र अध्ययन गर्न वर्षौं बिताए। उहाँका रचनाहरूले यो गहिरो जन्मजात बन्धनलाई प्रतिबिम्बित गर्दछ जुन उहाँ विश्वास गर्नुहुन्छ कि मानव निर्मित बाधा र सीमाहरू पार गर्दै संसारभरि एक साझा डोरी छुनेछ। उनका रचनाहरू कुनै पनि रूप वा प्रकारमा सीमित छैनन्।
गोपालले आफ्नो सांगीतिक करियर बांसुरीवादका रूपमा सुरु गरेका थिए। उनले आफ्नो पहिलो गीत सन् १९६३ मा लेखेका थिए र उनको पहिलो सांगीतिक रचना सन् १९६४ मा रेकर्ड भएको थियो। उनका सांगीतिक कार्यहरूमा राष्ट्रवादी र देशभक्ति, आध्यात्मिक, रोमान्टिक, दार्शनिक, नृत्य धुन, गीत, संगीत रचना, नारी र नारीत्वको ओड, बालबालिका र युवाका लागि गीतहरू समावेश छन्। वातावरण, खेलकुद, स्काउट, आदि मा विषयगत गीतहरू। सूची अनन्त छ। उनका रेन्डरिङहरू विशुद्ध शास्त्रीयदेखि लोक, आधुनिक र संगीतमा विशेष गरी महिला र बालबालिकाका लागि सिर्जना गरिएका छन्। यी सबै विविधतामा उनी नेपाली टचलाई मोहित पार्ने र कायम राख्न आफ्नो संवेदनशीलता र कुशलता कायम राख्छन्।
गोपाल योञ्जनलाई नेपाली संगीतकर्मी र श्रोताले “संगीत सम्राट” “बग्यायेकर”को उपाधि प्रदान गरेका छन्। एक संगीतकारको रूपमा उहाँ संगीतको लागि प्रेम र जोशलाई प्रोत्साहित गर्नमा विश्वास गर्नुहुन्छ र धेरै नयाँ कलाकारहरूलाई सांगीतिक संसारमा परिचय गराउन जिम्मेवार थिए। पछि बलिउडका सुपरहिट गायन तारा बनेका उदित नारायण झा, स्वर सम्राट मानिने नारायण गोपाल, मीरा राणा, किरण प्रधान, इन्दिरा मास्के जस्ता गायकहरू सबैलाई हेरचाह र तालिम दिइएको थियो। उहाँ द्वारा। वास्तवमा संगीत जगतले नारायण गोपालसँगको गायकको रूपमा उनको जोडीलाई नेपाली सङ्गीतको स्वर्ण जोडी भन्थे।
निष्कर्ष
उनले दार्जिलिङको सरकारी विद्यालयबाट स्कुलको पढाइ पूरा गरे र सेन्ट जोसेफ कलेजमा विज्ञान संकायमा भर्ना भए किनभने उनकी आमाले उनलाई डाक्टर बनाउन चाहन्थे। तर संगीतमा उनको रुचि बढ्यो र डाक्टर हुनुको सट्टा, उनी एक प्रसिद्ध संगीतकार बने। वि.सं. २०१९ मा उनी दार्जिलिङ आर्ट एकेडेमीमा इन्स्ट्रुमेन्ट प्लेयरको रूपमा संलग्न भए र त्यसपछि उनले औपचारिक रूपमा संगीत सिर्जना गर्न थाले। उहाँ एक अद्भुत बाँसुरी वादक हुनुहुन्थ्यो र सत्यजित रेद्वारा निर्देशित फिल्म कन्जनजङ्घाका लागि उहाँले बाँसुरी बजाउनुभएको थियो।
स्रोतहरु उहाँकी छोरी शृजना सिंह योञ्जन, श्याम लामा बल, गूगलका पानाहरु मार्फत।
लेखक डिग बहादुर तामांग, भेडापू, दोलखा।
प्रतिक्रिया