खाडीका चेली, सबले गर्छन झेली

नबिन बिक २०८० भदौ ७ गते २२:०९ मा प्रकाशित

कथित नेताहरुले नेपाललाई प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र सम्म ल्याई पुर्याउदा केवल तन्त्र मात्र फेरियो । तर देशबिकाश गर्ने कुनै नयाँ मन्त्र फेरीएन, कुनै नेता फेरीएन, उहि हाम्रो बाजे र बाउको पाला देखीकै नेता जो अहिले पितृ भैसकेका छन ।

उनीहरुकै पेरीफेरीमा सधै राजनितिक डोरी घुमिरेहको छ। उनीहरु जति पुराना,थकित र बिरामी छन त्यस्तै यो देशको हालत छ। पढेर पनि जागीर पाईदैन, कृषी गरे बजार पाईदैन, ब्यापार गर्न सहुलियतमा रृण पाईदैन, दक्ष कामदार पाईदैन, घुस नखुवाईकन कुनै काम बन्दैन, अरुत कुरा छोडौ घुस बिना ड्राईभिङ लाईसेन्स र बंशजको नागरिकता पनि बन्दैन,देशको अवस्था डामाडोल छ।

यस्तो अवस्थामा हाम्रो युवा पिडी के गरोस? मर्न पनि सकिदैन, नेपालमा बसेर बाँच्न सकिने स्थिति पनि त छैन, त्यसैले मंहगो पैसा तिरेर युरोप र अमेरिका जान नसक्नेहरुको लागी खाडी अहिले सम्भावना र समृद्दिको स्वर्णभुमी बनेको छ।

पछिल्लो समयमा नेपालबाट बिबाहित र अबिबाहित सबै खालका महिलाहरु जो १८ बर्ष देखी ४० नाघेका छन उनीहरु खाडी मुलुकमा आउने क्रम तिब्र छ, बिशेष गरी दुबई, भिजिटमा आएर र आफुले ईच्छाएको जागीर खोजेर रोजेर खान पाईने भएकोले पनि दुबई सबैको ड्रिमल्यान्ड भएको छ।

उनीहरु यहाँ आफ्नो सिप र ट्यालेन्ट बेच्न आएका हुन, आफ्नो शरिर बेच्न होईन, शरिर बेच्ने हो भने नेपालै पनी ग्राहक र कमाईको कमी हुदैन्थ्यो।त्यसैले आफ्नो पसिना र सिप बच्नेलाई शरिर बेच्ने संग तुलना नगर्नुहोला”

त्यसरी भिजिटमा आउने चेलीहरुलाई सबैले ठग्छन, ठग्ने कुराको शुरुवात नेपाल एयरपोर्टका ईमिग्रेसनका कर्मचारीबाटै सुरु हुन्छ, भिजा, डलर, होटल बुकिङ, स्पोन्सर, पति वा परिवारको एनओसी लेटर सबै थोक भएर पनि कागज पुगेन भनेर, जहाज चढन दिदैनन, अनि मजबुरन ४०-५० हजार घुस खुवाएर बल्ल उम्कन पाउछन। महिलाहरु बिदेश जान नपाउने संबिधानको कुन धारामा लेखिएको छ?

उनीहरुलाई एयरपोर्टमा अनेक प्रश्न गरेर अपमानित गर्ने त्यहाँका घुसिया कर्मचारीलाई कस्ले दियो अधिकार ? महिलाहरु बिदेश गए अल पत्र पर्छन, दुख पाउछन भन्ने सरकारले अहिले सम्म बिदेश गएर अलपत्र परेका कति चेलीलाई नेपाल सरकारले उद्दार गरेर ल्यायो ? जे परे पनि उनीहरुले आफै समस्याका सामधान गरेका छन। जति कडाई गरे पनी बिदेश पुगेकै छन, त्यसैले सरकारले यसरी महिलाहरुको आत्मसम्मानमा चोट पुग्ने गरी गरिएको कडाईले घुस्या कर्मचारीहरुको लागी मात्रै ल्याईएको नियम हो भन्दा सायद कसैको बिमति रहने छैन। त्यसरी उम्किएर बल्ल तल्ल दुबई पुग्छन अनि फेरी काम लाईदिने भन्दै आफ्नै साथीभाई वा अरु एजेन्टले पैसा खाईदिन्छ।दुबईमा भिजिटमा आएर काम खोज्नेहरु दिन दुई गुना र रात चार गुना बढ्दो छ, डिमान्ड भन्दा सप्लाई बढी छ, त्यसैले काम पाउन त्यति सजिलो चै छैन।

दुबईमा यो पंक्तिकारले सरसर्ती हेर्दा, नेपालीहरुले निकै छलाङ मारेको देखेको छ, अहिले नेपालीहरुले आफैले ब्यापार ब्यबसाय गर्नेहरु देखी सम्मानित काम गर्नेहरु पनि टन्नै देखेको छ। नेपालीहरु आफै ब्यपार गर्नेहरु पनि टन्नै छन। महिलाहरु ब्युटी पार्लर संचालक तथा कामगर्ने , होटल म्यानेजर, नर्स, डाक्टर, दुसंचारहरुमा म्यानेजर, कर्पोरेटहाउसमा लिडिङ रोलमा कामगर्नेहरु पनि देखेको छु। देशको नाम र दाम बढाउने काम सगर्ब गरिरहेका छन, तर यहाँ नेपालीहरुको निच मानसिकता के छ भने खाडी गै भनेसी नराम्रो काम गर्न गई, वा अलि हेयको भाबले हेरिने गर्छन। खाडीमा काम गर्न आउदैमा नराम्रो सोच्नो यो कस्तो मानसिकता? यहाँका चेलीहरुले पनि अमेरिका र युरोप बराबरकै कमाई गर्ने पनि टन्नै छन। उनीहरु यहाँ आफ्नो सिप र ट्यालेन्ट बेच्न आएका हुन, आफ्नो शरिर बेच्न होईन, शरिर बेच्ने हो भने नेपालै पनी ग्राहक र कमाईको कमी हुदैन्थ्यो।त्यसैले आफ्नो पसिना र सिप बच्नेलाई शरिर बेच्ने संग तुलना नगर्नुहोला।

“काम गर्ने ठाउँमा कसैले मिठो बोलेर अलिकति माया देखायो भने पनि लाखौ रुपियाँ भन्दा किम्ति लाग्छ।माया र सम्मानको कुनै राष्ट्रियता,धर्म र जात हुदैन”

उनीहरु देश र परिवार छोडेर परदेश आईसकेसी कोही हुदैनन साथमा, ज्वरो आयो र टाउको दुख्यो भने तातो पानि तताएर दिने र मेडिकल पुगेर औषधि ल्याईदिने पनि कोहि हुदैनन, बिदेशमा परिवार र सथीभाईको साथ बिना एक्लो जीबन बिताउन कति गार्हो हुन्छ भन्ने कुरा यो पंक्तिकारले पनि प्रत्यक्ष महशुस गरेको कुरा हो। काम गर्ने ठाउँमा कसैले मिठो बोलेर अलिकति माया देखायो भने पनि लाखौ रुपियाँ भन्दा किम्ति लाग्छ।माया र सम्मानको को कुनै राष्ट्रियता,धर्म र जात हुदैन।

त्यसैले आफुलाई दुखमा साथ दिने जस्लाई अपनाए पनि तिमीहरुलाई किन टाउको दुख्यो? चाहे त्यो पाकिस्तानी होस, भारितय होस, बंगाली होस वा कुनै अरबीनै किन नहोस। तिमीहरु नेपाली हौ भन्दैमा सबै नैपालीकेटीहरु तिमीहरुलाई मात्रै ब्वाईफ्रेन्ड बनाउनु पर्छ भन्ने कुन कानुनमा लेखिएको छ? आफुहरु चै फिले, ईन्डोनिसिया वा अरु संग जे गरे पनि मान्यगन्य? गतिलो? अरु चै अगतिलो? पहिला आफ्नो अनुहार ऐनामा हेर अनी मात्र अरुलाई दोष देउ।

“नेपाली चेलीहरुको इज्जत उतारेर होईन, ईज्जत ढाकेर ब्यबहार गर्न सिक अनी हेर तिम्रो जिबन पनी भैयाको भन्दा कम्ताको रमाईलो र सुमुधुर हुदैन। बाँदरे प्रबृति देखाएर मायाँ त परको कुरा हो, उनीहरुले लगाएको अत्तरको बास्नाधरी सुंघ्न पनि पाउदैनौ “

कसैको माया पाउन अरुलाई पनी माया र सम्मान दिन जान्नु पर्छ। नेपाली चेलीहरुको इज्जत उतारेर होईन, ईज्जत ढाकेर ब्यबहार गर्न सिक अनी हेर तिम्रो जिबन पनी भैयाको भन्दा कति रमाईलो र सुमुधुर हुदैन। बाँदरे प्रबृति देखाएर मायाँ त परको कुरा हो, उनीहरुले लगाएको अत्तरको बास्नाधरी सुंघ्न पनि पाउदैनौ किनकी कसैको बास्ना आउन पनी उनीहरु तिमीहरुको बरिपरि हुनुपर्छ। त्यसैले पोजिटिभ भएर सबैलाई सम्मान गर्न सिकौ।अरुको चियो चर्चो गरेर अनावस्यक कुरा काटदै हिड्नु भन्दा बरु आफ्नो ब्यापार र काम तिर ध्यान दिएमा फाईदै हुन्छ, त्यसैले अंग्रेजीमा भन्छननी “माईन्ड योर बिजनेस”।

By: Navin BK
नबिन बि.क
डिआरसी, एशिया प्यासिफिक
एनआरएनए

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया