चन्द्रयान ३ महिला सशक्तिकरणमा महत्वपुर्ण पदचाप

बाबा राजेश्वरी थापा २०८० भदौ ६ गते २२:०१ मा प्रकाशित

चन्द्रयान ३ नामक भारतीय रकेट आज चन्द्रमामा अवतरण गरेको छ, भारतले एउटा इतिहास रचेको छ। चन्द्रयान-३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । यस ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ भने भारत चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने चौथो देश बनेको छ। यस अघि चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण देशहरु अमेरिका, चीन र रूस हुन्। चन्द्रयान ३ ले रचेको यो ऐतिहासिक सफलताको श्रेय भारतीय वैज्ञानिक डा. ऋतु कलाधर श्रीवास्तव र उनको टिमलाई मिलेको छ। भारतको लखनउ निवासी वैज्ञानिक ऋतु कारिधाल श्रीवास्तवको नेतृत्वमा रहेको मिसनले चन्द्रयान ३ लाई चन्द्रमामा सफ्ट ल्याण्डिङ गराउन सफल भयो ।

६१५ अर्ब रुपैयाँको यो मिसन, चन्द्रयान ३ को लन्च गर्नु एकदिन अघि इसरो(Indian Space Research Organisation -ISRO) का वैज्ञानिकहरुले आन्द्र प्रदेशको तिरुपति वेंकाटाचलापत्ति मन्दिरमा पुजापाठ गरेका थिए। मन्दिरमा पुजापाठ गर्न यस मिसनकी नेत्री वैज्ञानिक डा. ऋतु कलाधर श्रीवास्तव साधारण भारतीय पहिरन अर्थात् सारी चोलोमा अन्य वैज्ञानिक टोलीसंग पुगेकी थिईन।

भारतको पहिलो मिसन चन्द्रयान १ सन् २००८ अक्टोबर २२ मा प्रक्षेपण भयो र चन्द्रमाको चारैतिर १०० किलोमिटरको वरिपरिबाट परिक्रमा गर्यो र अन्तमा सन् २९ अगस्त २००९ मा उक्त यान सम्पर्क विहीन भयो। त्यसपछि सन् २०१९ जुलाई २२ मा भारतले दोश्रो अन्तरिक्षयान चन्द्रयान २ को प्रक्षेपण आन्द्र प्रदेशमा गर्यो। सन् २०१९ अगस्त २० मा चन्द्रमामा पुगेको चन्द्रयान २ अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भयो तर अन्तरिक्षयानको सफल परिक्षण गर्ने भारतीय वैज्ञानिकहरुको प्रयास जारी रह्यो।

को हुन् रकेट महिला डा. ऋतु कारिधाल श्रीवास्तव?

रकेट महिलाको नामले परिचित वैज्ञानिक डा. ऋतु कारिधाल श्रीवास्तवको मिसनले भारतलाई यो ऐतिहासिक सफलता दिलायो।भारतीय मध्यम वर्गीय परिवारमा जन्मिएकी उनको दुइ दाजुभाई र दुइ दिदिबहिनीहरु छन्। बाल्यकाल देखि अन्तरिक्षनै रुचि राख्ने ऋतु किसोरवास्थामा पुग्दा पत्रपत्रिकामा छापिएका अन्तरिक्ष सम्बन्धि लेखरचनाको कटिग राखेर पढ़ने गर्थिन। इसरोको मुख्य परियोजनाहरूमा उनको नेतृत्व र ठूलो योगदानको लागि भारतको रकेट वुमन डा. ऋतु कारिधाल श्रीवास्तव परिचित छिन्। लखनऊ विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक गरेपछि, उनले भारतीय विज्ञान संस्थानबाट एयरोस्पेस इन्जिनियरिङमा स्नाकोत्तर प्राप्त गरेर सन् १९९७ मा उनी ISRO मा सामेल भएकी थिइन्। सन् २०२१ मा संयुक्त अधिराज्य ले जी सेवेनको अध्यक्षता गरेपछि डा. ऋतु कारिधाल श्रीवास्तवलाई बेलायतकी पुर्व प्रधानमन्त्री तथा तत्कालिन महिला र समानता मन्त्री लिज ट्रसले सारा स्यान्ड्सको अध्यक्षतामा नवगठित लैंगिक समानता सल्लाहकार परिषद् (GEAC) मा नियुक्त गरिएको थियो।

डा. ऋतु कारिधाल श्रीवास्तवको सफलता महिला सशक्तिकरणमा महत्वपुर्ण खुड्किलो

डा. ऋतु कारिधाल श्रीवास्तवको सफलता सम्पूर्ण महिलाहरुको लागि गर्वको विषय बनेको छ, अझै दक्षीण एसियाली महिलाहरुको लागि यो सफलता विशेष हौशला बनेको छ।दक्षीण एसियामा महिला सशक्तिकरणमा सुधार भएपनि गति अझै पनि निकै ढिलो छ। लवाई खवाई र आधुनिकीकरणमा केहि प्रतिशत महिलाहरुको पहुच पुगे पनि महिलाहरुको ठुलो प्रतिशत अझैपनि अधिकार सम्पन्न छैनन् र विभेद जारी छ। महिला सशक्तिकरणको विषयमा नेपाली महिलाहरुको अवस्था पनि दक्षीण एसियाका अन्य देशहरु भन्दा केहि फरक छैन। अधिकारप्राप्त शहरिया महिलाहरु सविधानले दिएको महिला सुविधा र आरक्षणको विरोध गर्छन भने जसले आरक्षण पाउनु पर्ने हो, उनीहरु सम्म आरक्षणको सुविधा पुगेको छैन वा उनीहरुलाई आरक्षण बारेमा सहि जानकारी नै छैन। सदन र सडकमा महिला अधिकार र लैगिक समानताको आवाज उठेपनि कार्वान्यन सहजै हुदैन। सबै क्षेत्र महिलाहरुको सहभागिता बढेपनि नेतृत्वदायी भूमिका र प्राविधिक क्षेत्रमा नेपाली महिलाहरुले न्यून रुपमा मात्र सफलता पाएका छ तर अन्तर्राष्ट्रिय क्षेत्रमा डा. ऋतु कारिधाल श्रीवास्तवको जस्तो सफलता नेपाली महिलाहरुलाई अझै मिलेको छैन।

बाबा राजेश्वरी थापा
भिएना, अष्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया