कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित

इनेप्लिज २०८० भदौ ६ गते २१:३१ मा प्रकाशित

विराटनगर, ६ भदौ :कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अर्को सूचना नभएसम्मका लागि आज देखि स्थगित भएको छ ।

सभामुखको भूमिकामा रहनु भएको इस्राईल मन्सुरीले सो अधिवेशनको पाँचौ बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपा तर्फबाट सांसदहरुले उभिएर विरोध जनाएपछि सो बैठक स्थगन भएको हो ।

प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ९२ बमोजिम “ प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक” र “ स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सभामा छलफल हुने कार्य सूचि रहेको थियो ।

आज दिउँसो १ बजे लागि भनिएको बैठक केही समय ढिलो गरी सञ्चालन हुने क्रममा सभामुख मन्सुरीले आजको बैठकको कार्य प्रारम्भ हुन्छ भत्रेवित्तकै प्रतिपक्षका उपस्थित सबै सांसदहरुले भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिनको बैठक गैरकानूनी र असंवैधानिक हो भनेर राप्रपाका संसदीय दलका नेता भक्त्ति सिटौला र नेकपा एमाले संसदीय दलका तर्फबाट तिलकुमार मेन्याङ्बो भन्दै बैठक बहिस्कार गर्नु भएको थियो ।

प्रतिक्रिया