एसीया कप खेल्न पाकिस्तान पुग्यो नेपाली क्रिकेट टिम

इनेप्लिज २०८० भदौ ६ गते ९:११ मा प्रकाशित

काठमाडौ, एसिया कपका लागि नेपाली क्रिकेट टोली बुधबार पाकिस्तान पुगेको छ । नेपालले अब यही १३ भदौदेखि सुरु हुने एसिया कपका लागि पाकिस्तानको कराँचीमा अभ्यास गर्नेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग १३ भदौमा खेल्ने तालिका छ ।

त्यस्तै, नेपालले दोस्रो खेल १८ भदौमा भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।

नेपालले पहिलोपटक भारत र पाकिस्तानसँग क्रिकेट खेल्न लागेको हो ।

प्रतिक्रिया