गोदार थापा सेवा समाजको साधारण सभा-सिन्धुलीमा

इनेप्लिज २०८० भदौ ५ गते ०:५० मा प्रकाशित

इनेप्लिज,अमेरिका

गोदार थापा सेवा समाजको पन्ध्रौ बार्षिक साधारण सभा गोदार थापाहरूले वीरताको गाथा कोरिएको ऐतिहासिक नगरी सिन्धुलीमा हुने भएको छ। यहि भाद्र ९ गते शनिवारको दिन सिन्धुली स्थित लक्षमण चोकमा रहेको प्रयास होटलमा उक्त सभाको आयोजना गरिएको छ। संसार भर छरिएर रहेका गोदार थापाहरूलाई गोलबद्ध गर्न,बंशावली लेखन,समसामयिक बिषयमा गहन छवफल तथा भावी दीर्घकालिन कार्ययोजनाहरू तय गर्ने उदेश्यले उक्त बार्षिक साधारण सभाको आयोजना गर्न लागिएको साधारण सभाका संयोजक तथा सिन्धुली जिल्लाका समाजसेवी यज्ञ थापाले जानकारि दिनु भयो।

सिन्धुली जिल्ला गोदार थापाहरूको निक्कै बाक्लो बस्ति भएको जिल्ला पनि हो।काठमाडौ उपत्यका माथि भएका पटक पटको हमला यहि सिन्धुलीको बाटो भएर गरिएको हुनाले पनि पृथ्वी नारायण शाहले सिन्धुलीगढीको किल्ला मजुबत राख्नको लागी नै गोदार थापाहरूलाई सिन्धुलीगढी वरपर लगेर बाक्लो बस्ति बसाएका थिए भनिन्छ।

त्यस समयमा सिन्धुलागढी काठमाडौ प्रवेस गर्ने पूर्व तर्फको निक्कै रणनीतिक महत्वको ठाउॅ थियो।सिन्धुली गढीमा अंग्रेजसॅग युद्ध हॅुदा गोर्खाली सेनाले काठमाडौँ उपत्यकालाई समेत एकिकरण गरिसकेको थिएन्।तेस्रो अथक प्रयास पछि किर्तिपुर माथि मात्र गोर्खाली सेना बिजय प्राप्त भए लगतै सिन्धुलीगढी युद्ध भएको थियो।त्यो समयमा कान्तिपुरका राजा जयप्रकास मल्लले गोर्खाली सेनाको आक्रमणको डरले भारतमा रहेको ईष्ट इण्डिया कम्पनि सॅग सैनिक सहयोग मागे पछी जयप्रकास मल्लको अनुरोधलाई स्वीकार गरि ईष्ट इण्डिया कम्पनिले किन लकको नेतृत्व आधुनिक हातहतियार सहित करिव २४०० बृटिस सेनालाई सिन्धुलीगढीको बाटो हॅुदै जयप्रकास मल्ललाई सहयोग गर्न कान्तिपुर पठायो।कान्तिपुर आउॅदै गरेका तिनै बृटिस सेनालाई गोर्खाली सेनाले सिन्धुली गढीमा नै छेकेर भिषण आक्रमण गरे र तिनलाई पराजित गरे।तसर्थ यो युद्ध नेपाल एकिकरणको अभियानमा निक्कै महत्वपुर्ण र ऐतिहासिक मानिन्छ।

यो युद्ध नै त्यस समयको गोर्खाली सेना र बृटिस सेना बिरूद्धको पहिलो युद्ध थियो र दक्षिण एसियामा बृटिसहरूले हारेको पहिलो युद्ध थियो भनिन्छ।गोर्खाली सेनाले काठमाडौ उपत्यका नजित्दै वि.सं १८२४ असोज १५ मा भएको उक्त पहिलो युद्धमा नै गोर्खाली सेना बिजय हुनु गर्वको बिषय थियो।।त्यस युद्धमा इष्ट इण्डियाको सेना तर्फका करिव १६०० सेनाहरू मारिएका थिए भने गोर्खाली सेना तर्फ ४०० जतिसेना मारिएका थिए।तत्कालिन् नेपाली सेना (गोर्खाली सेना) ले अङ्ग्रेज सेनासँग युद्ध गरी प्राप्त गरेको सफलता र बिजयको उत्साहले नै मुलुकको एकीकरणलाई ठूलो सहयोग पुगेको थियो भनिन्छ।सिन्धुली गढी नेपाल एकिकरण हुन अघि देखिकै महत्वपूर्ण किल्ला भएको हुनाले पृथ्वी नारायण शाहले उक्त युद्धकिल्लाको रक्षायार्थ र किल्लाको रेखदेख गर्नको लागी गोदार थापाका वीर पुर्खा चम्पशिहं गोदार थापालाई लालमोहर लगाई सिन्धुली प्रबेशको सुरक्षाको जिम्मेवारी दिएको स्थान भएको कारणले पनि सिन्धुली जिल्ला र सिन्धुली गढी गोदार थापाहरुको लागि एक ऐतिहासिक र पूर्खाको विरासत बोकेको जिल्ला मानिदै आएको छ।

अर्को तिर नेपालको लोक संस्कृतिको क्षेत्रमा प्रत्येक नेपालीको ओठ ओठमा झुण्डिएको चर्चित र कर्णप्रिय गीत ‘सिन्धुलीगढी घुमरे हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार, मार्यो नी मायाले मार्यो”लोकगायक कृष्णविक्रम थापाले बि.सं २०३० को दशकमा नै गाएको यो लोकगीतले नेपाली वीरताको प्रतीकका रुपमा परिचित सिन्धुलीगढीको ऐतिहासिक पहिचान र महत्वलाई थप सुन्दरता प्रदान गरेको छ।तसर्थ गोदार थापाका पूर्खाहरूको वीरता,युद्ध कौशल,रगत,पसिना,श्रम,सिप पोखिएको र रोपिएको यस माटोमा संसार भरिका गोदार बंशजलाई एक गराऊने उदेश्यले गोदार थापा सेवा समाजको १५ औं साधारणसभा सिन्धुली जिल्लामा हुन गईरहेको छ।तसर्थ समाजका केन्द्रिय सल्लाहकारहरु ,केन्द्रिय पदाधिकारीहरु,केन्द्रिय सदस्यहरु,केन्द्रिय बिभाग तथा समितिका प्रमुख सदस्यहरुका साथै जिल्ला कमिटी गठन भएका जिल्लाहरुका पदाधिकारीहरु समेत कम्तिमा तीन जना देशभरका सम्पुर्ण गोदार बन्धुहरूको अनिवार्य उपस्थितिको लागि गोदार थापा सेवा समाज केन्द्रिय कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया