मुख्यमन्त्री थापाले विश्वासको मत गरे

इनेप्लिज २०८० भदौ ४ गते १५:५३ मा प्रकाशित

राष्ट्रिय समाचार समिति(रासस)

विराटनगर, ४ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मतदान गर्न संविधानले दिएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताउनुभएको छ ।

कोशी प्रदेश सभामा आज भएको उपस्थिति ७७ जना सदस्यहरु मध्ये ४७ जनाले गठबन्धन दललाई विश्वासको मत दिएको छन् भने ३० जनाले विपक्षमा दिएका थिए ।

गठबन्धन दलले विश्वासको मत प्राप्त गरे पछिसञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रदे्श सरकारले संविधान एवं विधानसम्मत नै विश्वासको मत प्राप्त गरेको प्रतिक्रिया दिनुभयो ।

मुख्यमन्त्री थापाले आजको बैठकmले प्रदेश सभाको औचित्य सावित गरेको भन्दै सभा अध्यक्षको भूमिका निर्वाह गर्नु भएको इस्राइल मन्सुरीले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मतको पक्षमा मतदान गरेको जिकिर गर्नुभयो ।

उपसभामुख सिर्जना दनुवारले तोकेको व्यक्त्तिबाट सभा सञ्चालन गर्नु पर्ने स्थिति सिर्जना हुनु प्रमुख प्रतिपक्ष नेकपा एमालेको साजिश हो भन्दै उपसभामुख दनुवारले नै भदौ ४ गते दिउँसो १ बजे सभा सञ्चालन गर्ने निर्णय गर्नु र आफै बिरामी परि प्रदेश बाहिर जानु पने कारण देखाई बिदा लिएको कुरा राजनीतिक संस्कार होइन भन्नुभयो ।

उहाँले यो सरकार विश्वासको मत लिइसकेपछि पूर्ण स्वरुपमा तीव्र गतिमा काम गर्ने दावी गर्नुभयो ।

प्रतिक्रिया