प्रदीप गिरि बीपीपछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा

इनेप्लिज २०८० भदौ ४ गते ७:०४ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बीपी कोइरालापछिकै ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– समाजवादी चिन्तकको रुपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ ।

उहाँ धेरै ठूलो विद्वान हो, बीपीपछिको ठूलो समाजवादी चिन्तक हो । सभापति देउवाले स्व। गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने पनि बताए ।

उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ’, उनले भने, ‘उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु ।

उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।’

सभापति देउवाले स्व। गिरीको योगदानलाई सधैं स्मरण गरिरहने पनि बताए ।

प्रतिक्रिया