विश्व दौड प्रतियोगितामा अमेरिकी धावक नो लाइल्स १०० मिटरमा बिश्व बिजेता बने

इनेप्लिज २०८० भदौ ३ गते २०:३० मा प्रकाशित

अमेरिकी धावक नो लाइल्सले २०२३ को पुरुष तर्फको विश्व एथलेटिक्स च्याम्पियनसिप( प्रतिस्प्रद्धा)को १०० मिटर दौड जितेका छन् ।

हंगेरीको बुडापेस्टमा आइतबार भएको २०२३ विश्व एथलेटिक्स च्याम्पियनसिप(प्रतियोगिता )मा अमेरिकी धावक नो लाइल्सले पुरुषको १०० मिटर दौड जितेका हुन् ।

२६ वर्षीय लाइल्सले ९.८३ सेकेण्डमा प्रतियोगिता समाप्त गरी जित हासिल गर्दै यो वर्षको सबैभन्दा छिटो समयको कीर्तिमान राख्न सफल भएका छन् ।

बिजयी भए पछि उनले भने म आफैंमा विश्वास गर्छु। म भगवानमा विश्वास गर्छु। म र मेरो प्रशिक्षकको लक्ष्यमा विश्वास गर्छु। यसका लागि हामीले नौ महिना तालिम लियौँ । यो क्षणको लागि भन्दै खुसी व्यक्त गरेका छन् ।

यस कार्यक्रममा ओलम्पिक स्वर्ण पदक विजेता मार्सेल ज्याकब्स अन्तिम चरणमा पुग्न सकेनन्।

गत वर्ष युजीन ओरेगनमा भएको विश्व प्रतियोगितामा लाइल्सले माइकल जोन्सनले २६ वर्षअघि बनाएको अमेरिकी २०० मिटरको कीर्तिमान तोडेका थिए र १९.३१ सेकेन्डमा दूरी पूरा गरेपछि तेश्रो सबैभन्दा छिटो दौडने पुरुष बनेका थिए।

प्रतिक्रिया