फेसबुकमा च्याट गर्ने किशोरीले बोलाएर रिसोर्टमा जाँदा ४० लाख स्वाहा (भिडियो सहित)

इनेप्लिज २०८० भदौ ३ गते १३:०३ मा प्रकाशित

सामाजिक सञ्जाल ‘फेसबुक’मा करिब ३ महिना च्याटमा कुरा गरेपछि एक जना पुरुषलाई आयुष्माले भेट्न बोलाइन् । काठमाडौँ बस्दै आएका ती पुरुषलाई सिन्धुली घर भएकी आयुष्मा भन्ने आसिका रजाली मगरले साँगास्थित रिसोर्टमा भेट्न प्रस्ताव गरिन् । पुरुष साँगामा गए । रिसोर्टमा पुगेर केही मिनेट कुरा गरेपछि आयुष्माले ‘टाउको दुख्यो’ भनिन् । बाहिर निस्किइन् ।

अनि, एक जना महिला र पुरुष रिसोर्टको कोठामा गएर ती पुरुषलाई हप्काउन सुरु गरे । आफ्नो नाता पर्ने किशोरीलाई ‘बलात्कार प्रयास’ गरेको आरोप लगाएर पैसा नदिए ‘झुटो मुद्दा’मा फसाउने धम्की दिए । धम्क्याएर ४० लाख बराबरको ८ थान चेक लिएर उनीहरू त्यहाँबाट फरार भए ।

पुरुषलाई योजनाबद्ध हनिट्रयापमा पारेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको कमलामाई नगरपालिका–१३ घर भएकी आयुष्मासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपीतहरुलाई साउन ३० मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा आयुष्मा र दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका राजु खत्री छन् ।

अनुसन्धानबाट आयुष्माको नाममा फेसबुकमा कुरा गर्ने व्यक्ति थिए –‘डिके शर्मा ।’ खोटाङ घर भएका शर्माले योजनाबद्ध ती पुरुषलाई हनिट्रयापमा पारेको अनुसन्धानबाट थाहा भएको छ । २५ वर्षीय शर्मा २०७९ असारमा पनि हनिट्रयाप मुद्दामा पक्राउ परेर छुटेका हुन् । पुरानो मुद्दामा छुट्नासाथ शर्माले फेरि हनिट्रयाप धन्दा सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

डिकेले आयुष्मालाई ‘जागिरको लोभ’ देखाएर ती पुरुषसँग साँगामा पठाएको अनुसन्धानबाट थाहा भएको छ । डिकेसँगै साँगामा ती पुरुषसँग ब्ल्याकमेल गर्नेमा निकिता केसी पनि थिइन् । सुर्यबिनायक नगरपालिका–९ घर भएकी निकिता फरक मुद्दामा केन्द्रीय कारागारमा छिन् । योजनाकार डिके फरार छन् ।

https://www.youtube.com/watch?v=7sfIDQmFpWw

प्रतिक्रिया