पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरका नातिले शनिबार प्रकाशित पीपल नामक बिश्वप्रख्यात पत्रिकासँगको अन्तर्वार्तामा “हामी अन्तिम अध्यायमा छौं ” भने।
९८ वर्षीय कार्टरलाई गत फेब्रुअरी महिना देखि नै पारिवारिक घर अर्थात् परिवारकै रेखदेखमा कुरुवा घर (हसपिस )मा उनलाई राखिएको छ । पूर्व राष्ट्रपतिलाई २०१५ मा मस्तिष्कको अर्बुद रोग (क्यान्सर) भएको तर उनले यसलाई विजय प्राप्त गरेका थिए ।
तर सन् २०१९ देखि अझ थुप्रै स्वास्थ्य सम्बन्धि समस्याहरूबाट जुध्दै आएका उनि हाल आफ्नै परिवारसँग बस्दै आई रहेका छन् । अन्तर्वार्ताको क्रममा उनका नातीले कार्टर परिवार र हेरचाहकर्ताहरू घरमा सधैं कोही न कोही हुने उनले बताए ।
“उहा अझै पनि पूर्ण रूपमा जिमी कार्टर हुनुहुन्छ,” जोश कार्टरले आफ्नो हजुरबुबाको बारेमा भने। “मेरो मतलब उहाँ लगभग ९९ वर्षको हुनुहुन्छ, तर उहाँले पूर्ण रूपमा बुझ्नुहुन्छ (उहाँले कति शुभ-कामनाहरू प्राप्त गर्नुभएको छ) र माया महसुस गर्नुभएको छ।”
सन् २००२ मा विश्वभर शान्तिका लागि गरेको प्रयासका लागि उनले नोबेल शान्ति पुरस्कार पनि पाएका थिए।
कार्टर एक बदामको खेती गर्ने किसान र राजनीतिमा प्रवेश गर्नु अघि अमेरिकी नौसेनाका उपसेनानी (लेफ्टिनेन्ट) थिए । डेमोक्र्याटका कार्टर अन्ततः जर्जिया को गभर्नरको रूपमा एक कार्यकाल समेत सेवा गरेका थिए ।
१९७७देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति रहेका थिए।
प्रतिक्रिया