मेरिल्याण्डमा चित्रग्राहिणी (क्यामेरा) लुकाएर राखि टेक्ससका दम्पत्तीको गतिबिधि हेर्न जासुसी गरेको आरोपमा एक जना पक्राउ

इनेप्लिज २०८० भदौ २ गते २३:४९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा चित्रग्राहिणी (क्यामेरा)लुकाएर राखी जोडीको गतिबिधि हेर्न जासुसी गरेको आरोपमा एक मानिसलाई पक्राउ गरिएको छ । मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिंग स्थित प्रसिद्ध एयरबिएनबी भित्र लुकाईएको चित्रग्राहिणी (क्यामेरा)ले जोडीको जासुसी गरेको उनलाई आरोप लगाईएको छ ।

मोन्टगोमेरी काउन्टी प्रहरीले गत अगस्तमा उनीहरूको सिल्भर स्प्रिंग एयरबीएनबी भित्र टेक्ससका दम्पतीलाई जासुसी गरेको आरोपमा पक्राउ गरेको हो । ती दम्पतीले धेरै लुकेका चित्रग्राहिणी (क्यामेरा)हरू फेला पारेपछि गोपनीयताको भङ्गबाट भयभित भएको समेत बताएका थिए ।

यसै सिलसिलामा ३९ बर्षिय ल्यारी गोइसलाई गिरफ्तार गरिएको थियो। उनले गोपनीयता आरोपहरू सामना गर्ने भएका छन् । उनीहरुले प्रहरीलाई खबर गरे पछि गुप्तचरहरूले अनुसन्धान पछि उनले त्यहाँ उपकरण राखेको जनाएका छन् ।

प्रतिक्रिया