अमेरिकाको एरिजोनाको फिनिक्समा आन्तरिक राजस्व सेवाका एक अधिकारीको प्रशिक्षण अभ्यासको क्रममा गोली लाग्दा मृत्यु भएको छ ।
आन्तरिक राजस्व सेवाले उत्तरी फिनिक्समा नियमित प्रशिक्षण अभ्यासको क्रममा गोली लाग्दा मारिएको जासुस (एजेन्ट)को नाम जारी गरेको छ।
आईआरएसले एक समाचार विज्ञप्तिमा मार्फत ४७ बर्षिय विशेष गुप्तचर प्याट्रिक बाउरको गत बिहीबार उत्तरी फिनिक्सको गोलाबारी चलाउने सीमामा (फायरिङ रेञ्ज ) गम्भीर घाइते भएको जनाएको छ । बाउर एरिजोना हवाई राष्ट्रिय सुरक्षाकर्मीका सेवानिवृत्त मुख्य हवलदार थिए।
आइआरएस फिनिक्स क्षेत्रीय कार्यालयका प्रवक्ता चार्लोट एम. डेनिसले दिएको जानकारी अनुसार अनरहेल्थ डियर हेल्थ भ्याली चिकित्सा केन्द्रमा आइपुगेको लगत्तै उनको मृत्यु भएको बताए।
आइआरएस अधिकारीहरूले अभ्यासको प्रकृति र कति अन्य गुप्तचर(कार्यकर्ता)हरू भाग लिइरहेका थिए भन्ने बारे कुनै विवरण दिएका छैनन्।
एफबीआईको फिनिक्स क्षेत्रीय कार्यालयका अधिकारीहरूले उनीहरूले गोलाबारीको अनुसन्धानको निरीक्षण गर्ने बताएका छन्।
प्रतिक्रिया