बेलायती स्वास्थय परिचारिका(नर्स ) लाई ७ शिशुको हत्या गरेको आरोपमा दोषी ठहर

इनेप्लिज २०८० भदौ १ गते १४:१२ मा प्रकाशित

बेलायती स्वास्थय परिचारिका(नर्स ) लाई ७ शिशुको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको छ भनि सिविएसले समाचार लेखेको छ ।

बेलायतको एक अस्पतालमा एक नवजात शिशु स्वास्थ्य परिचारिका (नर्स)लाई शुक्रबार सात नवजात शिशुको हत्या र छ जनालाई मार्ने प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।

३३ बर्षिय लुसी लेटबीले २०१५ र २०१६ को बीचमा उत्तरपश्चिम इङ्गल्याण्डको काउन्टेस चेस्टर अस्पतालमा काम गर्दा पाँच बालक र दुई बालिकाहरुको मृत्यु र अन्य छ जना बालबालिकाको हत्याको आरोपमा अभियोग लगाइएको थियो।

उनीमाथि नवजात शिशुहरूलाई विभिन्न तरिकाले हानी पुर्‍याएको आरोप लगाइएको थियो।

प्रतिक्रिया