विराटनगर,१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने हुनु भएको छ।
प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापाले भदौ ४ गते दिनको १ बजे प्रदेश सभाबाट विश्वासको मत लिन निर्णय गर्नु भएको कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनु भयो ।
मुख्यमन्त्री थापाले आज दिउँसो प्रदेश सभा सचिवालयमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) वमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन २०८० भदौ ३ गते गतेको कार्य सुचिमा समावेश गर्ने गरी प्रदेश सभा निायमावली २०७४ पहिलो संशोधन सहितको नियम १२८ को उप नियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्ताव सम्वन्धी सुचना पत्र दर्ता गराउनु भएको थियो ।
प्रतिक्रिया