काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् खुलाउनका लागि दलीय सहमति खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार बिहान आफूलाई भेट्न आएका सभामुख देवराज घिमिरेसँगको संवादका क्रममा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।
सभामुख घिमिरेले ‘संसद् खुलाउनका लागि पहल गर्नुस्’ भनेर आग्रह गरेका थिए । “लामो समय भयो, संसद् अवरुद्ध भएको(भएकै छ । यसमा तपाईंले सहमति खोज्नुपर्यो । दलीय सहमतिबिना संसद् चल्न सक्दैन,” सभामुखले भनेका थिए ।
जवाफमा प्रधानमन्त्रीले आफूले पहल गर्ने बताएका हुन् । “दलीय सहमतिका लागि पहल गर्छु,” प्रधानमन्त्रीको जवाफ उदृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले क्वीन्टल सुन प्रकरणलाई लिएर उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेको छ । उसले समिति नबनेसम्म संसद् नखुल्ने अडान राखेको छ ।
प्रतिक्रिया