मोरङ जिल्ला विपद् तयारी तथा प्रतिकार्य योजना पारित

इनेप्लिज २०८० साउन ३१ गते २२:५४ मा प्रकाशित

विराटनगर ,३१ साउन । मोरङ जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८० आज यहाँ सर्वसम्मत रुपले पारित गरिएको छ।

जिल्ला विपद व्यवस्थापन समितिको आज जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुले उक्त्त योजना सर्वसम्मत रुपले पारित गर्नु भएको छ।

सहभागीहरुले डेङ्गु प्रकोप र मोरङ भएर बग्ने मुख्य तीन खोलामा तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

उहाँहरुले सामूहिक रुपमा वृक्षरोपण गरी यसको स्थायी समाधान गर्नेतर्फ लाग्नु पर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बर्षात अगाडि नगरले नाला, पैनी तथा खोलामा रहेका फोहर सफा गरेकोले यस बर्ष यस क्षेत्रमा डुवान हुन नपाएको बताउनु भयो

जिल्ला समन्वय समितिका प्रमुख अजम्वर राईले विपदको लागि रकम व्यवस्था गर्न पालिकाहरुले आफ्नो क्षेत्रमा भएको उद्योग, व्यवसायतर्फ अनुगमन गरी राजश्व वृद्धि गर्नेतर्फ लाग्नु पर्ने बताउनु भयो ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वाहाम्फे,केरावारी गाउँपालिकाका प्रमुख सुमन मिरिङछिङ, कानेपोखरी गाउँपालिकाका प्रमुख राजमती इङनाम, रतवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह, रंगली नगरपालिकाका उपप्रमुख भुमा पराजुली,वन डिभिजन कार्यालय मोरङका विश्वलाल घिमिरे, सशस्त्र प्रहरी कंकालनी गण टंकीसिनवारीका सशस्त्र प्रहरी उपरीक्षक तीर्थबहादुर थापाले विपद्को समयमा नागरिकको जीउ धनको सुरक्षाका लागि सामूहिक रुपले कार्य गर्नु सुझाव दिनु भयो ।

जिल्ला विपद व्यवस्थापनका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले विपद पालिकाहरुमा आवश्यक पर्ने कार्यका लागि सहजीकरण गर्ने जानकारी दिनु भयो ।

प्रतिक्रिया