५ अगष्ट २०२३,फ्लसिंग न्युयोर्क।
गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको नेतृत्वमा आज न्यूयोर्कबाट हाउस कांग्रेसमा प्रतिनिधि – कांग्रेसवुमन आदरणीय ग्रेस मींगको न्युयोर्क-फ्लसींग स्थित कार्यालयन्युयोर्कमा करीब १ घन्टा विशेष भेटघाट एवं समसामयिक विषयहरूमा छलफल एवं ध्यानाकर्षण कार्यक्रम सम्पन्न भयो। अपरान्ह करीव२ः३० देखी ३ः३० सम्म भएको सो भेटघाटमा समसामयिक विषयहरू एवं अमेरीकामा भएका आप्रवासीका विविध समस्याहरू तथा सोकासमाधानका विषयमा छलफल भएको थियो।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेको नेतृत्वमा उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, फाउन्डेशनका सदस्यहरु क्रमश: शेखर कार्की, राजीव बतास, पुनम सिटौंला कार्की क्षेत्री, मनोज पडौंल, अनु धिताल लगायत १० जनाको टोलीले वहाँसँग भेटघाट गरेको थियो।
कार्यक्रमको शुरूवात गर्दै अध्यक्ष घिमीरेले आफ्नाो टीमका सदस्यहरूको परीचय गराई वहाँलाई भेटघाट गर्नुको उद्देश्यबारे प्रष्टपार्नुभएको थियो।वहाँले फाउन्डेशनले विशुद्ध सामाजिक गतिविधी गर्दै आएको र स्थापनादेखी कोरोनाकहरको डरलाग्दो अवस्थादेखीहालसम्म गर्दैआएका सामाजिक गतिविधिवारे प्रष्ट पार्नुभएको थियो।
सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिका बीच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिन हरूमा अझ सुमधुर रहोस भन्ने चाहना रहेको बताउनुभयो। प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले अमेरिकामा रहेका लाखौं आप्रवासी कानुनत वस्न र काम गर्न योग्य भएता पनीस्थायी वसोवासको अनुमति पाउन अनेकौं सास्ती व्यहोरेको र वर्षौं परीवारसँग छुट्टीएर वस्नुपरेको कारणले मानसिक यातनाव्यहोरीरहेको हुँदा उनीहरूका समस्याको एक जीम्मेवार सांसदको हैसीयतले यथासक्य शीघ्र कानुनी रूपमा हल गरीदिन वहाँसमक्षअपीलगर्नुभयो।
यस्तै कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आफ्नो ज्यानको पर्वाह नगरी आफु यु एस ऐम्बेसी कावुल, अफगानिस्तानमा सुरक्षा अधिकारीको रूपमा तैनाथ हुंदा, मैले धेरैको ज्यान बचाएँ र अमेरिकी सरकार प्रति वफादार भएर गरेको रोचक कार्यहरु सुनाउॅंदै सबैलाई भावुक बनाउॅंनु भएको थियो र वॅंहाले अमेरीकाको कानुन र प्रजातन्त्रात्मक शासन व्यवस्था मानी यही मुलुकमा श्रम पसीना सिंचित गरी वर्षौं देखी वस्दै आएको र आफ्ना दुखपीडा एक अभिभावकीय नाताले कांग्रेसवुमन आदरणीय ग्रेस मेंगको नेतृत्वले हलगरीदिन आग्रह गर्नु भयो।
त्यस्तै अर्का कार्यसमिति सदस्य रेखा श्रेष्ठले आफुले यसै फाउन्डेशन मार्फत विविध सामाजिक कार्यहरूमा यही समाजको सेवामा खटीँदैआएको र आवश्यक पर्दा भोलीका दिनहरूमा पनी खटीरहने प्रण गर्नुभयो।
व्यक्तिगत एवं सामूहिक समस्याहरूका बारे प्रत्येकले आपसी अन्तर्कृया एवं छलफलगरी माननीय कांग्रेसवुमन आदरणीय ग्रेस मेंग सँगखुलेर छलफल गरीएको सो कार्यक्रममा आफ्नो धारणा राख्दै माननीय मेंगले आफु यहाँका जनताद्वारा चुनीएको एक जनप्रतीनीधी को हैसीयतले कुनैपनी पार्टी र व्यक्ति एवं समुदायप्रती निष्पक्ष भै कानुन अनुसार क्रमशः यथासक्य समस्याहरू समाधान गर्न लागी परेको प्रष्ट पार्दै सरकार समक्ष यथेष्ट बजेटको मागगरी विशेष गरी जटील बन्दैगईरहेको आप्रवासी समस्या समाधान गर्न वर्तमान वाईडेन सरकारलाई घच्घच्याईरहेको प्रष्ट पार्नुभयो।वहाँले आफुले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने र मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने ईच्छा समेत जाहेर गर्नुभयो।
कांग्रेसवुमन आदरणीय ग्रेस मेंगले अमेरीकामा जीपी फाउन्डेशनले गरेको सामाजिक सेवाको उच्च प्रशंसा गर्दै आफुले फाउन्डेशनको कार्यालय भ्रमण गरी यदी आवस्यक भएमा फाउन्डेशनकै कार्यालयमा आप्रवासीहरुको समस्या समाधान गर्न घुम्ती सिविर संचालन गरीनेपाली लगायत स्थानीय समुदायका सेवाग्राहीहरूका समस्या हलगर्न लागीपर्ने बचनबद्दता समेत व्यक्त गर्नुभयो।
अन्त्यमा फाउन्डेशन परीवारको तर्फवाट वहाँलाई अतिथि सत्कार स्वरूप नेपालको मौलीक कला र संस्कृति झल्काउने केही थानउपहारहरू फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले हस्तान्तरण गर्नुभएको थियो।
प्रतिक्रिया