सुपर लयर खगेन्द्र जीसीको प्रमुख आतिथ्यमा समता ग्लोबल सिनेटको साधारणसभा सम्पन्न

इनेप्लिज २०८० साउन ३१ गते १८:३८ मा प्रकाशित

सुपर लयर खगेन्द्र जीसीको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न साधारणसभाले सचीब र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ भने समता ग्लोबल सिनेटको नाम परिवर्तन गर्ने बोर्डको निर्णय भने उल्ट्याइदिएको छ।

यस अघि नेपालको समता स्कूल र अमेरिकाको समता ग्लोबल सिनेट बीचको सम्बन्ध के हो भन्ने विषयमा भ्रम उत्पन्न भएकोले यी दुबै संस्थाहरुको स्वतंन्त्र अस्तित्व को बारेमा सुसूचित गर्न समता ग्लोबल सिनेटको नाम एजुकेशन ग्लोबल सिनेट बनाउने निर्णय भएको थियो।

सन २०२२/१२/२५ मा बसेको बोर्डको बैठकमा संरक्षक मदनकृष्ण श्रेष्ठले समता ग्लोबल सिनेट को नामबाट “समता” भन्ने शव्द झिक्ने र त्यसको ठाउँमा एजुकेशन ग्लोबल सिनेट बनाउने प्रस्ताव गर्नुभएको थियो। सिनेटको बोर्डले सर्वसम्मतिले पारित गरेको उपर्युक्त निर्णय साधारण सभाले अनुमोदन गर्न आवश्यक ठानेन।

“नाम परिवर्तन नभएपनि मलाई सिनेटरहरुमाथि विश्वास छ,” सिनेटका अध्यक्ष गौलीले प्रतिकृया दिंदै भने। यी विषयमा आएका ‘कन्फ्युजन’ हरुलाई अब सिनेटर ज्यूहरुले नै ‘क्लियर’ गर्दै जानुहुनेछ।”

स्वतंत्र छानबीन समिति

समता ग्लोबल सिनेटको सम्बन्धमा सामाजिक संजालबाट आएका विवादास्पद विषयहरुलाई सम्बोधन गर्न पूजा चन्दको नेतृत्वमा एक स्वतंत्र छानबीन समिति गठन गरिएको छ। साधारणसभामा डोनर इन्टेन्सन, कम्युनिकेशन, र कम्प्लायन्स (Donor intention, communication, and compliance) तीनवटा विषयमा जोड दिएको छ। यी तीनैवटा विषयलाई दृष्टिगत गरी स्वतंत्र छानबीन समितिले उपयुक्त सुझाव दिनेछ। समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरु र विज्ञहरु रहेको उक्त छानबीन समितिले विवादास्पद विषयहरुलाई सम्बोधन गर्न सुझाव दिनेछ।

अपशव्दको प्रयोग

बार्षिक साधारण सभाको क्रममा विभिन्न व्यक्तिहरुले भावावेशमा प्रयोग गरेका अपशब्दहरुलाई अध्यक्षले साधारणसभाको रेकर्डबाट डिलीट गर्ने अनुरोध गर्नुभएको छ। “हाम्रो समाज तातेताते अघि बढ्दैछ।” अध्यक्ष गौलीले भन्नुभयो। “संजालबाट प्रभावित भावावेशमा प्रयोग गरिएका शव्दहरुले हाम्रो सामाजिक संस्कार धमिल्याउन सक्छ। हामीले राम्रो ‘मिशाल’ प्रस्तुत गर्नुपर्छ।”

दाताको मनसाय

दाताको मनसाय सम्बन्धमा एक रमाइलो भ्रम सिर्जना भएको छ। पोहोर साल समता ग्लोबल सिनेटले नेपालको समता स्कूलका संस्थापक उत्तम संजेललाई अतिथिको रुपमा बोलाएको थियो। त्यसबेलाको सांस्कृतिक कार्यक्रम र डोनेसनबाट उठेको रकम समता स्कूललाई सहयोग गर्ने सिनेटको प्रतिबद्धता रहेको देखिन्छ। यसरी गरेको प्रतिबद्धता बमोजिम सिनेटले पनि सांस्कृतिक कार्यक्रम र डोनेसनबाट उठेको रकम समता स्कूललाई दिइसकेको जनाएको छ। तर समता स्कूलका संस्थापक उत्तम संजेलले भने आफूले एक पैसा पनि नपाएको भन्दै सामाजिक संजालमा पोखिएपछि सिनेटमाथि संकट आइपरेको थियो।

डोनेशन गरेको हो कि सिनेटर बनेको हो?

गत जुन १८ मा शिकागोमा बार्षिक साधारण सभा गर्ने अन्तीम तयारीमा रहेको सिनेट संजेलको टिप्पणीले सामाजिक संजाल रंगिएपछि विवादमा रुमल्लियो। केहि सिनेटरहरुले डोनेट गर्न खोज्दा सिनेटर बन्न गएको र आफुले सिनेटरको अवधारणा बुझ्न नसकेको कुरा व्यक्त गरे। सिनेटले आफ्नो बेभसाइटमा “Donate” र “Be a Senator” भन्ने दुइटा बटन राखेको देखिन्छ। सिनेटर बन्नु पनि अन्ततोगत्वा डोनेसन गर्नु नै हो, तर सांवा रकम अक्षयकोषमा रहने र सो को व्याजबात आउने रकम चाहिं हरेक बर्ष शैक्षिक कार्यक्रमहरुमा खर्च गरिने सिनेटले जनाएको छ।

आफुले डाइरेक्ट डोनेशन दिन चाहेको तर झुक्किएर सिनेटर बन्न पुगेका सिनेटरहरुको सिनेटरसिप बापतको रकमलाई डाइरेक्ट डोनेशनमा रुपान्तरण गरी तत्काल समता स्कूललाई उक्त रकम पठाइदिन सिनेटलाई दवाव सिर्जना भएको छ। यस विषयमा सिनेटले त्यसरी झुक्किएका सिनेटरहरु पहिचान गर्नको लागी सबै सिनेटरहरुलाई एक सर्भे पठाउने तयारी गरीरहेको छ। झुक्किएर बनेका सिनेटरहरुले आफ्नो सिनेटरको विभूषण फिर्ता गरी “One-time donation” को रुपमा आफ्नो रकम पठाउने विकल्प रोज्न सक्नेछन।

संजेलको मनसाय

शुरुमा सात हजार डलर डोनेशन मागेर अमेरिका आएका संजेलले अमेरिकाबाट फर्किनु अघि कार्यक्रमबाट सात हजार भन्दा बढी रकम बचेको हुंदा अलि बढी रकम तत्काल लिन चाहेको मनसाय व्यक्त गरेका थिए। थप रकम आवश्यक भएको भए थप कति चाहिएको हो, सो को रकम खुलाएर र प्रयोजन खुलाएर माग गर्न अध्यक्ष गौलीले आग्रह गरे।

संजेलले थप रकमको माग गर्दै निवेदन लेखेपछि सिनेटले पनि उनलाई माग गरे बमोजिमको थप रकम समेत उप्लब्ध गरायो। संजेलले रकम माग गर्दै जाने र सिनेटले दिंदै जाने क्रममा जम्मा जम्मी २९२४५ डलर समता स्कूलको लागी भनेर लिए। तर पछि उनले सिनेटको अक्षयकोषमा रहेको जीवन सदस्यताको रकम समेत स्कूललाई पठाइदिन भनेर चिठी पठाए। सिनेटले त्यो अक्षयकोषको रकम “कहिल्यै नमासिने” प्रतीज्ञा गरेको कारण दिन नमिल्ने कुरा अबगत गराएर संजेललाई पत्राचार गऱ्यो।

संजेलले भवन निर्माणको लागी रकम आवशक परेको कुरा जानकारी गराए। गौलीले त्यसोभए त्यो भवनको नक्सा पास पठाइदिनुहोस, म सिनेटको विषेश बैठक बोलाउंछु र हाम्रो जीवन सदस्यता बापत उठेको रकम (सिनेटर शुल्क) दिन सिनेटर ज्यूहरु संग आग्रह गर्छु।

तर संजेलले नक्सा पठाएनन। सिनेटले सकूललाई मदतको निरन्तरता जारी राख्ने चाहना अनुसार संजेललाई पत्राचार गऱ्यो। सिनेटले समता स्कूलका शिक्षक-प्रसासकहरुलाई प्रस्ताव लेखनको तलीम दिने अफर गऱ्यो। समता स्कूलका शिक्षक-प्रसासकहरुको मनोनयन माग गरियो।

तर संजेलले कुनै मनोनयन पठाएनन। “हामीले संधै माछा खुवाउने आशा देखाएको होएन, माछा मार्न सिकाउने हाम्रो उद्देश्य हो” गौलीले भने। “हामीलाई थाहा छ, हाम्रा सिनेटर ज्यूहरुले हरेक साल एक हजार डलर दिन सक्नुहुन्न। त्यसैले हामीले एक पटक मात्र सिनेटर शुल्क लिने र अमेरिका का अन्य गैह्र-नाफामुलक संस्थाहरु जस्तै “एन्डाउमेन्ट फण्ड” म्यानेज गर्दै दीगो सहयोगको बाटो खोल्ने योजना बनाएका हौं।”

यस विषयमा नै सबैको सर्वसम्मति भएको हो। वेभसाइटमा पनि डोनेट बटन र सिनेटर बटन अलग अलग नै छन। सिनेटरको सांवा रकम कहिल्यै नमासिने कुरा पनि उल्लेख गरिएको छ। सिनेटको आजीवन सदस्यताको रकम सिनेटको बोर्डको निर्णयले मात्रै खर्च गर्न मिल्दैन।

प्रतिक्रिया