काठमाडौ, नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिन अर्थात् मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।
प्रतिक्रिया