काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक चलिरहेको छ । बैठकमा पछिल्लो राजनीति अवस्था र संसदको अवरोध खोल्ने विषयमा छलफल भइरहेको छ ।
नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै पछिल्लो समय निरन्तर संसद अवरोध गरिरहेको छ ।
बैठकमा गठबन्धन दलहरूबीच पछिल्लो समय देखिएको अविश्वास लगायत विषयमा पनि छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी रहेका छन् ।
प्रतिक्रिया