अमेरिकामा पहिलो मधु क्षेत्री सांझ ! मेरो अनुभव !

शशी के.सी २०८० साउन ३० गते २२:४१ मा प्रकाशित

धेरै भएको थियो नेपाली समुदायले गर्ने कार्यक्रमहरू हेर्न नगएको । कारण बिभिन्न छन् । कुनै बेला यस्तो पनि थियो । कामबाट छुट्टी लिएर २-३ घण्टा गाडी ड्राईभ गरेर टाढा के के न छुट्न लागेको जस्तो गरेर, भ्याई न भ्याई कार्यक्रम हेर्न गईनथ्यो । आजकल त प्रत्येक हप्ता जसो नजिकै कार्यक्रम हुंदा पनि जाने रहर नै लाग्दैन् ।

जान नचाहानुको पहिलो कारण त नेपाली कार्यक्रम कहिल्यै समयमा शुरू हुन् । अमेरिकामा पनि “ नेपाली समय “ भन्ने कहावतलाई पुरै पालना गरिएको भान हुन्छ ।

दोस्रो चाहीं अति धेरै धन्यवाद दिने , स्वागत भाषण, परिचय, खादामाला र मंन्चासिन गराउने चलन छ । म चाहीं ती सबै गरिरहनु पर्ने जरूरी नै देख्दिन । पैसा तिरेर कार्यक्रम हेर्न जाने दर्शकहरूले त के, कस्तो कार्यक्रम बुझेर नै गएको हुन्छ नी ।

तेस्रो कारण चाहीं जुनसुकै कार्यक्रमको शुरूआतमा पनि अति धेरै लोकल ट्यालेन्टहरूको प्रस्तुती राख्ने गरेको पाउॅंछु । हो लोकललाई प्रोत्साहन त गर्नु नै पर्छ । तर त्यसो भन्दैमा कार्यक्रम हेर्न आउनेहरूको समयको पनि ख्याल त गर्नु पर्र्यो नी ।

जसको कार्यक्रम भनेर हेर्न गएको हो । उनीहरू त अंन्तिम तिर मात्र देखा पर्छन् । कुनै बेला त उनीहरूआउॅंदासम्म टाढा घर कुनबेला पुग्नु भन्ने चिंन्ता शुरू हुन्छ । अझ भोलीपल्ट काम छ भने त कामको अर्को प्रेसर ।

अंन्तिम कारण चाहीं लगातार कार्यक्रम भई रहन्छ। र ,टिकटको पैसा पनि सस्तो हुन्न । सबै हेर्ने मन भएपनि, धान्नै गाह्रो हो । हुन त बिभिन्न कलाकार बोलाएर छुट्टाछुट्टै कार्यक्रम गर्दा, उनीहरूलाई पैसा पनि बेग्लाबेग्लै दिनु पर्ला । कार्यक्रम गराउनेलाई पनि सजिलो त छैन पक्कै। तर एउटा कुरा चाहीं आजकल राम्रो भएको छ । नेपाली खाना मोमो, सेल आदी बेच्न राख्छन् । कार्यक्रम हेरून्जेल भोको बस्नु पर्दैन।

अस्ति अगष्ट १२ मा भर्जिनियाको मनाससमा अमेरिकामा नै पहिलो पटक गायक मधु क्षेत्रीको एकलगायन कार्यक्रम “ मेलोडी म्युजिकल नाईट” भयो । उॅंहालाई भर्जिनिया बरीपरी धेरै पटक देखेको थिंए। मनमनमा लाग्थ्यो । हामी स्कुल, कलेज पढ्दा उॅंहाको गीतहरू रेडियो , टेलिभिजनमा बजेको सुनेरहुर्केको, पक्कै पनि अब त अमेरिकामा पनि उॅंहाको आवाज प्रत्यक्ष सुन्न पाईनेछ । तर “ नजिककोदेउता हेला “ भने जस्तो , बर्षभरी कैयौं कार्यक्रम हुन्थ्यो तर कतै पनि उॅंहालाई सुन्न पाएको थिईन। लाग्थ्यो , कसैले उॅंहाको कार्यक्रम गरिदिउन र पक्का जसरी पनि हेर्न जान्छु। त्यो साईत अस्ति जुर्र्यो।

ओहो, म त यति खुशी भएको रहेछु कार्यक्रम हेर्न जान , शुरू हुने समय नै नहेरी छिट्टै पो पुगेछु । कार्यक्रम हलतिर जांदा त शुनसान छ । टिकट किनेर भित्र पस्दा पनि धेरै दर्शक थिएनन् । तर खुशी केमा लाग्यो भने, अगाडी स्टेजमा त गायक मधु क्षेत्री र अरू बाध्यबादकहरू गीतको तयारी गरि रहनु भएको रहेछ । घोर अचम्म, अरू कार्यक्रममा मुख्य प्रस्तोता कलाकारको मुख त अंन्तिममा देखिन्छ।कतिलाई बरीपरी सेक्युरीटी गार्डले घेरेको पो हुन्छ। यॅंहा त उॅंहा आफ्नै अगाडी नै पो देखें।

कार्यक्रम सदा झैं निर्धारित समय भन्दा ढिलो नै शुरू भयो । तर गुनासो लागेन । किनकी हल बाहिर खानेकुरा मम, सेल किन्ने/ बेच्ने ठाउॅंमा नै उॅंहासॅंग भेट भएको थियो । कुनै बेलाको तेत्रो ठुलो चर्चित गायक, एकथोपा बड्डपन, घमण्ड रहेनछ । बरीपरी रहेका हामीहरू सबैसॅंग राम्रोसॅंग कुराकानी गर्नुभयो।

कार्यक्रम शुरू भएपछि चाहीं नरोक्किकन दुई घण्टामा नै सकियो । उद्धघोषिका दृष्टी काफ्लेले मिठो नेपालीमा कार्यक्रमको शुरूआत गर्नु भयो । सबैभन्दा पहिले लोकट व्याण्डले (नाम चाहीं याद गरिनछु) आफ्नो केही गीत प्रस्तुत गरे ।

उॅंहाहरू गाउन र बजाउनमा निक्कै सिपालु हुनुहुंदो रहेछ । उॅंहाहरूको प्रस्तुती पछि लोकल डान्स ग्रुप L2D को पहिलो प्रस्तुती एकल नृत्य एक बहिनीले निक्कै राम्रो सॅंग नाचेर देखाईन् । मेरो अनुभवमा चाहे नेपाल होस वा विदेशमा, नेपाली केटाकेटी अझ छोरीहरू नांच्नचाहीं निक्कै सीपालु नै हुन्छन् ।

त्यसपछि बर्षौं देखि प्रत्यक्ष सुन्न चाहेको गायक मधु क्षेत्रीको आवाज गुन्जियो। उॅंहाले चारवटा गीतट्र्याकमा गाउनु भयो । गीत सुनिरहॅंदा “ माल पाएर चाल नपाएको “ जस्तो अनुभव भयो । आफ्नै टोलछिमेकमा यति ठुलो गायक बसिरहनु भएको छ । के हेरेर बसेको रहेछ हाम्रो नेपाली समाज जस्तै लाग्यो । स्वरमा उही पुरानो मिठास , गायनमा कतै केही कमी नै भएको रहेनछ यत्रो बर्ष पछि गाउॅंदा पनि जस्तो लाग्यो ।

उॅंहाको गायन प्रस्तुती पछि फेरी तिन चार नाचको प्रस्तुती भयो । अनि यो कार्यक्रम दर्शक माझल्याउने “ neeko foundation “ को बारेमा त्यसको संस्थापक अंन्जु शर्मा कार्कीले केही कुरा बताउनुभयो ।

एक बर्ष मात्र अगाडी खुलेको नाफा रहित संस्थाले नेपालमा निक्कै सहयोग दिंदै गरेको रहेछ । उॅंहाले सहयोग गर्न चाहानेले संस्थाको वेव साईटमा गएर, हेरेर कसरी र के सहयोग गर्ने सबै बुझ्न सकिने बताउनु भयो । यो संस्थालाई मन देखि नै धन्यवाद ! हामी विदेश बस्नेले नेपाल देशलाई दिने भएको यस्तै किसिमको माया र सहयोग नै हो ।

कार्यक्रममा गायक मधु क्षेत्रीले लगभग १० वटा जति गीतहरू गाउनु भयो । चारबटा गीत चाहीं लोकल बाध्यबाधकहरूको साथमा प्रस्तुति थियो । कसैले गितार, कसैले तवला, कि बोर्ड, हारमोनियम आदीमा साथ दिनु भएको थियो । शायद धेरै समयको तयारीले होला । उॅंहाहरूको प्रस्तुती निक्कै राम्रो मिलेको लाग्यो । एकजना बहिनीले उॅंहासॅंगै एउट डुएट गीत गाईन । उनको स्वर पनि असाध्यै मिठोरहेछ ।

सबै दर्शक, गायक मधु क्षेत्री सुन्न गएको हुनाले, सबै आआफ्नो टेबल , कुर्सीमा बसेर मंन्त्रमुग्ध भएरसुनिरहेका थिए। कोही कोही त उॅंहासॅंगै गीत गाउॅंदै पनि थिए । उहिले रेडियोमा बजिरहने उॅंहाकागीतहरू : पानी खाने निहुंले तिम्रो घरमा आउॅंला, साईली र माईली पोईला गएछन्, तिम्रो सिंउदो सजाईदिने मेरो एउटै धोको, हुरीले उडाउन सकेन, फूलैफूलमात्र हैन रहेछ जिवन ,बोल बोल बोलाउॅंदा खेरी आउॅंछ मौका पर्खिन्न धत्तेरी, घर त लगनखेल आदी गीतहरू उॅंहाले आफ्नो सामु गाउॅंदा कसलाई मन नलाग्ला सॅंगसॅंगै गाउन । जे होस् कार्यक्रम निक्कै भव्य र राम्रोसॅंग थियो ।

औपचारिक कार्यक्रम सकिएपछि सबैले गायक मधु क्षेत्रीसॅंग पालैपालो फोटो खिचाए । रमाईलो नाचगान गर्न चाहानेहरूको लागि डिजेको पनि व्यवस्था रहेछ। साथीहरूलाई नाच्दै गर भन्दै म चाहीं हिंडे।

अन्त्यमा, पहिलो पटक गायक मधु क्षेत्रीलाई आफ्नै अगाडी प्रत्यक्ष सुन्न पाउने अवसर जुटाईदिनु हुनेसबैलाई मेरो तर्फबाट धन्यवाद !

आगामी दिनहरूमा पनि उॅंहालाई फेरी फेरी यसरी नै सुन्न पाईयोस्!

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया