अमेरिकामा नक्कली कोभिड-१९ को औषधी बेच्ने चिकित्सकको रुपमा प्रस्तुत गर्ने युटहका एक व्यक्तिलाई ३ वर्षको खोजी पछि पक्राउ

इनेप्लिज २०८० साउन ३० गते १६:५४ मा प्रकाशित

अमेरिकामा नक्कली कोभिड-१९ को औषधी बेच्ने चिकित्सकको रुपमा प्रस्तुत गर्ने युटहका एक व्यक्तिलाई ३ वर्षको खोजी पछि पक्राउ गरिएको सिविएसन्यूजले जनाएको छ ।

६३ वर्षीय व्यक्तिलाई युचहमा कोरोनाभाइरसको नक्कली उपचार बेचेको अपराधको आरोप लागेपछि पक्राउ गरिएको अधिकारीहरूले सोमबार बताए ।

अदालतका कागजातहरूका अनुसार ६३ बर्षिय गोर्डन हन्टर पेडर्सनलाई बिधुतिय प्रणालीबाट कोभिड निको पार्छ भनि दावी गरेका थिए ।

उनले आफू बिशेषज्ञ समेत भएको दाबी गरेको कागजातहरूमा उल्लेख गरिएको समाचारमा छापिएको छ।

उनलाई संघीय अदालतमा धोखाधडी, ठगी र भ्रामक प्रचार लगायतको आरोपमा अभियोग लगाईएको छ ।

प्रतिक्रिया