एनआरएनले जहिलेपनि धागोको रुपमा काम गर्नुपर्दछ कैचीको रुपमा होइन

इनेप्लिज २०८० साउन २९ गते २३:४१ मा प्रकाशित

परशुराम भण्डारी ,एनआरएन अभियन्ता

अगष्ट १३ तारिक १० बजेबाट शुरू भएको एनआरएन एनसीसी अमेरिकाको पूर्ण बैठकले यस संस्थामा अध्यक्षले मनोनयन गर्ने प्रवक्ता जस्तो महत्वपूर्ण पद डा राजन पन्तले प्राप्त गर्नुभएको छ ।

सोही बैठकमा अन्य सल्लाहकारहरु पनि मनोनयन गर्नका लागि अध्यक्ष डा अर्जुन बन्जाडेले प्रस्ताव गर्नुभएकोमा उहाँले राख्नुभएको प्रस्ताव पक्षमा अत्यन्त न्यून सदस्यहरूको समर्थन रहेको बुझिएको छ ।

मतलब हिजोको ५ घण्टा लामो बैठकमा अध्यक्ष डा बन्जाडे अल्पमतमा पर्नुभएको जानकारी बाहिर आएको छ । एनआरएन एनसीसी अमेरिकाको जम्मा २७ जना सदस्यहरू मनोनयन गर्नुपर्ने पदहरुमा मनोनयनको लागि प्रस्ताव गरिएका नामहरुमा अधिकांश नामहरु नयाँ देखिन्छन् । त्यसको साथसाथै ती प्रस्तावित नामहरु के कारणले उहाँहरू एनआरएन अमेरिकाको सल्लाहकार जस्तो महत्वपूर्ण पदमा नियुक्ति हुनका लागि उपयुक्त हुन्छ भन्ने कुरा खुलाइएको छैन ।

कम्तीमा पनि एनआरएनको सल्लाहकार जस्तो गरिमामय पदमा मनोनयन हुने व्यक्ति सबैको साझा व्यक्ति बन्नुपर्छ भन्ने आम एनआरएन सदस्यहरूको बुझाई रहेको छ । यसकोलागि मनोनयन गर्न लागेको व्यक्ति सामाजिक हिसाबले शुद्ध आचरणको हुनुपर्छ । एनआरएनको अभियानमा उहाँको भूमिका कहिलेदेखि कुन रूपमा रहेको छ उल्लेख गरिएको हुनुपर्छ ।

मनोनयन गरिएको व्यक्ति एनआरएनको अमेरिकाको अभियानमा कहिलेदेखि सहभागी भएको सोको बारेमा कुनै कसैले प्रश्न राखेमा त्यसको उत्तर कार्यसमितिका पदाधिकारी वा प्रवक्ताले प्रष्टरुपमा पब्लिकमाको लागि जानकारी गराउन सक्ने हुनुपर्छ । एनआरएनमा २०२१ साल पहिले दुई किसिमका सदस्यहरु थिए। एउटा आजीवन सदस्य अर्को साधारण सदस्य ।

आजीवन सदस्य संस्थाको स्थायी सम्पत्ति मानिन्थ्यो भने साधारण सदस्य आवधिक समयको लागि मतदान गर्न र उम्मेदवार दिनकालागि लिने गरिथ्यो । तर त्यस्ता ब्यक्तिहरु जसलाई मनोनयन गरिँदैछ । ती व्यक्तिहरु एनआरएनका आजीवन सदस्य थिए वा साधारण सदस्य मनोनयन गर्न लागेका सदस्यहरु एनआरएनएको पर्वहरू साधारणसभा विशेष सभा र अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरूको सहभागिता कस्तो थियो ? एनआरएनको नेतृत्वलाई सुझाव र सल्लाह दिनका लागि बन्ने यो सल्लाहकार समूहमा पक्कै पनि एनआरएन बुझेको ब्यक्ति हुनुपर्छ भन्ने कुरामा दुईमत छैन । एनआरएनमा कुनैपनि पदमा मनोनयन गर्न लागेको व्यक्ति नेपालको राजनैतिक दलको प्रभावबाट पृथक छ वा तीनै दल सँग सम्बन्धित छ त्यसको बारेमा बिबेक पुगेन भने एनआरएनप्रतिको नेपालीहरूको विश्वास कम हुँदै जाने गर्छ।

किनकि प्रवासमा बस्ने अधिकांश नेपालीहरुका लागि नेपालको राजनीतिबाट आफूलाई टाढा राख्न चाहने नेपालीहरु नै धेरै भएको देखिन्छन । त्यसकारण पनि एनआरएन जस्तो विश्वयुद्ध संस्थामा कुनैपनि जात धर्म लिंग वर्ण राजनीति भन्दा फरक विचारबाट प्रभावित व्यक्तिहरू नै मनोनयनका लागि उपयुक्त ठानिन्छ । एनआरएनको सल्लाहकार जस्तो पदमा मनोनयन गरिने व्यक्ति का कारण ती व्यक्ति बसेको राज्यमा उहाँका कारणले एनआरएन अभियानमा कस्तो प्रभाव परेको छ सदस्यता नविकरण अभियानमा उहाँको कस्तो भूमिका रहेको छ । स्थानीय स्तरमा रहेका सामाजिक संस्थाहरुमा त्यस्ता व्यक्तिहरूको सहभागिता कस्तो रहेको छ ?

यी सबै कुराहरुलाई मध्यनजर गरेर नै एनआरएनमा सल्लाहकार जस्ता महत्वपूर्ण पदहरुमा मनोनयन गरिनु पर्छ। विगत दुई वर्ष एनआरएनको लागि अत्यन्त संक्रमणकालीन अवस्था थियो । यस्तो अवस्थामा पनि एनआरएन हामी सबैको साझा संस्था हो । यो संस्थाको विकल्प हुने सक्दैन भनेर समाजमा अनेक किसिमका विकृति र विसंगति आइरहँदा पनि सामाजिक संजालहरुमा एनआरएनका विरुद्धमा विकृत र विसंगतिहरु लेखिरहँदा पनि त्यसलाई डटेर सामना गर्नसक्ने व्यक्ति नै एनआरएनको सल्लाहकार जस्तो महत्वपूर्ण पदको लागि उपयुक्त हुन्छन् ।

एनआरएनमा कुनै पनि पदमा बसिसकेका दोहोर्याएर बसेका तेहर्याएरर बसेका एनआरएनका मित्रहरु भन्दा एनआरएनमा नयाॉ जोश जागरण बोकेका नयां सदस्यहरुलाई यस्ता पदमा मनोनयन गरिनुपर्दछ । एनआरएन भनेको स्थानीयस्तरमा रहेका विभिन्न संघसंस्थाहरुलाई जोड्ने एउटा धागोको रुपमा रहेको संस्था हो । एनआरएनले जहिलेपनि धागोको रुपमा काम गर्नुपर्दछ कैचीको रुपमा होइन । त्यसकारणले पनि यस्ता पदहरुमा मनोनयन गर्दा जो व्यक्तिको लागि मनोनयन गरिँदैछ ती व्यक्तिले मैले समाजको लागि राम्रो काम गरेको थिएँ त्यसैको सम्मानस्वरुप आज म यो पदको लागि उपयोगी भएर मलाई मनोनयन गरिदैछ भनेर बुझ्नुपर्दछ ।

यस्ता पदहरु मागेर पाइने पद हुँदै होइनन् नवनिर्वाचित कार्यसमिति का सदस्यहरुले सम्मान गर्नका लागि कामको मूल्यांकन गर्नका लागि मनोनयन गरिने सल्लाहकार पदहरु सस्तो लोकप्रिय बन्नुहुँदैन । एनआरएनको अभियानमा सधै सकारात्मक लेख्ने सधैं सकारात्मक बोल्ने सकेसम्म सबै किसिमका साधारणसभामा सहभागी बन्ने व्यक्तिहरू नै यसका लागि उपयुक्त पात्र हुन् ।

एनआरएनको सल्लाहकार जस्तो पदमा मनोनयन गरिरहँदा ती व्यक्तिहरूको बारेमा ती व्यक्ति बसेको राज्य मा रहेका सामाजिक संघसंस्थामा उहाँहरूको भूमिका कस्तो रहेको थियो । यसलाई पनि हेर्नु पर्दछ त्यसो भए मात्र एनआरएन सबैको साझा संस्था बनाउन सकिन्छ एनआरएनका सल्लाहकार पदहरु मनोनयन गरिरहँदा एउटा साधारण सदस्यहरूले राखेका प्रश्नलाई उहाँले बुझ्नेगरी भरपर्दो र विश्वासनीय र तार्किक उत्तरहरू हुनुपर्दछ त्यसकारण पनि यस्ता पदहरु नियुक्ति गर्नका लागि निकै ठूलो तयारी हुनु जरुरी छ । यदि बिना तयारी यस्ता पदहरुमा व्यक्तिहरू नियुक्ति गर्दै जाने हो भने एन आर एन कमजोर हुँदै जान्छ । अब मनोनयन गरिने पदहरु मनोनित गर्दा हरेक व्यक्ति बायोडाटा मतलब उसले समाजको लागि अहिलेसम्म कुन कुन ठाउँमा के कस्तो किसिमको सहभागिता जनाएर काम गरेको थियो ती कुराहरु उल्लेख गरिनुपर्छ ।

त्यसलाई स्कोरको आधारमा मनोनयन गरियो भने त्यो नै निष्पक्ष हुन सक्छ । त्यसैले पनि आदरणीय एनआरएनका मित्रहरु च्याप्टरका अध्यक्ष हरु तपाईहरुले अत्यन्त विबेक पुर्याएर यस्ता पदहरुमा मनोनयन गर्नु होला । ताकि त्यही पदकोलागि आकांक्षी अर्को व्यक्तिले मभन्दा उहाँ यति यति कारणले उपयुक्त हुनु भएछ, त्यसैले यो निर्णयमा मेरो पूर्ण साथ र समर्थन हुनेछ भनेर भन्ने स्थिति आउनु पर्छ अनिमात्र संस्था विश्वसनीय बन्दछ । आशा छ एन आर एन अध्यक्ष डा बन्जाडेले अत्यन्त बिबेक पुर्याएर निर्णय गर्नु हुनेछ, अनि सबै एन आर एन लाई परिबर्तनको आभाष दिनु हुनेछ ।

धन्यवाद

प्रतिक्रिया