लस एन्जेलसमा दर्जनौं चोरहरूद्वारा नर्डस्ट्रम पसलबाट करिव १ लाख डलरको लुटपाट

इनेप्लिज २०८० साउन २९ गते १४:०७ मा प्रकाशित

लस एन्जेलसमा दर्जनौं चोरहरूले नर्डस्ट्रम पसलबाट करिव ६०-देखि १ लाख डलरको लुटपाट गरेका छन् ।

क्यालिफोर्निया राज्यको लस एन्जेलसमा टाउकोमा टोपी र मुख छोपेर आएका लुटेराहरुले दिन दहाडै चोरी गरेका छन।

दर्जनौं चोरहरूले ग्राहकहरु भित्र र पसल बाहिर प्रसस्त गाडीहरु भै रहेको समयमा शनिबार क्यालिफोर्नियाको नर्डस्ट्रम पसल लुटेका थिए ।

उक्त लुटपाट बेलुका चार बजे लस एन्जलसको कानोगा पार्क क्षेत्रमा रहेको वेस्टफिल्ड टोपांगा मल ( बिशाल बजार)भित्र पसलमा हुल आएर चोरी गरेको लस एन्जलस प्रहपी विभागले
सामाजिक सॅजाल मार्फत जानकारी गराएका थिए।

चोरहरूले उनीहरूको सामना गर्ने दुई सुरक्षाकर्मीहरुलाई मरिचको फोहरा( स्प्रे )गरेको लस एन्जेलस प्रहरी बिभागले एनबीसीलाई बताएको छ ।

प्रतिक्रिया