टिकटबुकिङ काउन्टरलाइ लगाएको बिबेदकारी नियमको बिरोधमा बुकिङ्ग मजदुर

इनेप्लिज २०८० साउन २९ गते १०:३६ मा प्रकाशित

हाल सञ्चालनमा रहेका बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो ।

काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराउन समेत महानगरले आग्रह गरेको छ । जथाभाबी काउन्टर राख्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र सञ्चालन गर्न सूचना जारी गरेको हो ।

सार्वजनिक सवारी साधनले तोकिएको मापदण्ड पुरा गर्नु पर्ने भन्दै महानगरले दर्ता प्रक्रियामा आउन जनाएको छ ।

मजदूर र व्यवसायिका समस्या र माग
काठमाडौ महानगरपालिकाले मिति २०८० बैशाख २९ गते लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबु स्थित नयाँ बसपार्क लैजानु पर्ने, यात्रु चढाउँने, ओराल्ने कार्य बसपार्क बाहेक अन्यन्त्र गर्न नपाइने, विभिन्न स्थानका यात्रु बुकिङकाउण्टरहरु नयाँ बसपार्कमै लैजानु पर्ने निर्णयको कार्यान्वयनमा समस्या उत्पन्न भएपछि ३२ गते उपयुक्त स्थानमा बुकिङ काउण्टर व्यवस्थापनको लागि काठमाण्डौं महानगरपालिकाको संयोजकत्वमा विशेष कार्यदल बनेको थियो । सो कार्यदलले यात्रु पिक एण्ड ड्रप साथै चक्रपथ आसपासमा रहेका काउन्ट बेबस्थित गर्ने जिम्मेवारी पायको थियो । सोनिर्णय अनुसार कार्यनयन गर्न बिशेश कार्यदलको पाचौ बैठक केही समय पहिले संम्पन भएको थियो सो बैठकले रिङरोटका बिभिन ठाउमा पिक एण्ड ड्र्प ( यात्री बस चड्ने र ओर्लिने )ठाउँ तोकेको छ बुकिङ काउन्टरको ब्यबस्थापन गर्न बिभिन मापदण्ड तोकियको छ । सो मापदण्ड अनुसार बुकिङ काउटर सन्चालनगर्न जिम्मेवारी काउटर संचालक ,समिति अथबा प्र.लिले ब्यबस्थापन गर्नुपर्ने हुन्छ सोही निर्णयलाई आधार बनायर काठमाडौ महानगर पालिकाले श्रावण २५ गते सुचाना जारी गरेको छ । सुचानामा भनियको छ मुख्य सडक बाट बुकिङ कार्यलय १०० मिटर बाहिर हुनु पर्ने साथै बुकिङ कार्यलय राख्नको लागि १५:१०को कोठा हुनुपर्ने साथै पार्किङ सौचालय खाने पानी को ब्यबस्था हुनुपर्ने कुरालाइजोड दियर सुचना जारी भयको छ । श्रावण २५ गते सुचना जारी गरेर भाद्र १ गतेबाट लागुगरिने सोही सुचनामा उल्लेख गरियको छ ।काठमाडौजस्तो अस्थब्यस्थ सहरमा यक हप्ताको समयमा बुकिङ कार्यलका लागि सटरपाउन सक्ने अबस्था देखिदैन केही समय अगाडि निर्वाचित भयर काठमाडौ डेरा सर्ने केही माननियहरु ले कोठा नपायर सास्ती भोग्नु परेको कुरा छ्याप छ्यापती पत्र पत्रीकामा आयकै थियो यहाँत अज्ज सटरको छेत्रफल तोकियको छ १५:१०को सटर तो पनि मुख्य सडक बाट १०० मिटर बाहिर यो सम्भबै छैन र हुन पनि सक्दैन ।के यातायात मज्दुर सग जादुको छडी छ एकहप्तामै सबै मापदन्ड पुरगर्न सक्ने ? माहानगरमा दर्ता गरेर करको दायरा भित्र रहेर सन्चाल गर्नुपर्ने कुरालाइ स्वागत गर्नैपर्छ ।मूल्य शुचि देखिने ठाउमा राख्नेनियम लाई मान्न तयार हुनुपर्छ सम्भब भयसम्म सौचालय ,खाने पानी जस्ता कुरलाइ ब्यबस्थापन गर्न सक्ता राम्रोहुन्छ तर काठमाडौभित्र २७ कि. मि. रहेको रिङरोटभित्र माहानगर ले कति वटा सार्बजनिक सौचालय निर्माण गरेको छ माहनगरले कयौ बर्शमा नसकेकोकाम बुकिङ काउन्टरले एक हप्तामै सक्नु पर्छ भन्ने आसयले निकालेको सुचनाले लज्जितबनायको छ। रिङरोडमाआसपास सन्चालनमा आउने बुकिङ कार्यलयलाइ मापदन्ड तेक्ने माहनगरले तय गरेको बशपार्कमा सोही अनुसारका काउन्टर छन त ? अरुलाइ मापदन्ड तय गरेर आङकुस लगाउने महानगरले आफुले गरेको कामको हेक्का राख्नु पर्लाकी नपर्ला ? तेस्तै मुख्य सडक बाट १०० मिटर बाहिर हुनु पर्ने। सटर १५:१० हुनुपर्ने कारण के होला ? यस्ता बिबेदकारि निर्णय गर्दै जाने र कार्यनय गर्दै जाने हो भने यो छेत्रमा हजारौ संखयामा कार्यरत मज्दुर र मज्दुरसग आस्रित परिवार बिस्तापित हुने अबस्था देखिन्छ ।आज सडक बाट १०० मिटर बाहिर टिकट बुकिङ कार्यलय खोल्ने नियम लाग्ला भोलि पसुपतीनाथको मन्दिर मा वायु प्रदुषण भयो भन्दै १०० मिटर बाहिर मात्र मुर्दा पोल्न आदेश भनियला पर्सि एयर्पोट गेटनजिक धुवाको मुस्लो निक्लियो सेकुवा पोल्न पाइदैन भनेर उर्दि जारीहोला यस्ता अब्यबारिक आदेश सबै मान्दै जानेहो भने काठमाडौ माहनगरको मनलाग्दी बिक बिकि बढने निस्चित छ । के यातायात मज्दुर दोश्रो दर्जाका नागरिक हुन मुख्य सडक भन्दा बाहिर बस्नु पर्ने ? नेपालमा निजिछेत्रबाट सन्चालित यत्रो ठूलो लगानीमाथी किन माहानगर्को हेर्ने द्र्श्टी फरक नेपालमा यातायात छेत्रमा जति श्रमकी अन्य कुनै यक छेत्रमा छैनन रोज्गारिको यति धेरै हिसा ओगटेको छेत्र यातायात लाई माहनगर्ले बिभिन नियम लाद्नु दुखद कुरा हो।तेसैले माहानगरले गरेका बिबेदपुण निर्णय मान्य छैनन् यातायात सुधारको बादक बनेर राज्यलाइ कर तिर्नबाट पन्सिन भने यातायात व्यावसायि साथै मज्दुरले खोजेका भने होइनन बिबेदकारी नियमको मात्र बिरोध गरियको हो । सडग बाट १०० मिटर बहिर र १५: १२ को सटर चाहिने जस्ता नियम मान्ने हुन सक्दैन । साथै तोकियको पिक एण्ड ड्र्प (यात्री बस चडने र उत्रने )ठाउमा निम्न सुबिधा आबस्यक पर्ने देखिन्छ पिक एण्ड ड्र्प ( यात्री बस चड्ने र उत्रने )ठाउमा उपलब्ध हुनुपर्ने सुबिधा हरु

(१) यात्रीको संख्यालाई आधार मानेर सुबिधा सम्पन प्रतीक्षा लय ।
(२) निशुल्क महिला र पुरुषका लागि अलग अलग शौचालय
(३) मबायल चार्जको ब्यबस्था ।
(४) खाने पानीको ब्यबस्था ।
(५) बिधुतिय बोडमा गन्तव्य सहित गाडी न . र बस छुट्ने समय उल्लेख।
(६)मैसम अनुकूल प्रतीक्षा लयमा पंखा साथै हिटरको ब्यबस्था।
(७) प्रतीक्षालय अपांगमैत्रीपुण ।
(८) यात्रु को सरसामान र यात्रुको सुरक्षाका लागि सुरक्षा कर्मिको ब्यबस्थापन ।
(९) ट्याक्सी पार्किङ।
(१०) यात्री प्रतीक्षालय सगै बसको संख्या हेरेर आबस्यक बस पकेटको ब्यबस्थापन ।
काठमाडौ माहानगर पालिकाले बिबेद कारी निर्णयलाई सच्यायर यात्रीलाइ सहज यात्रागर्ने बाताबरण बनाउदा नै भलो हुने छ ।

– बेद प्रसाद घिमिरे

प्रतिक्रिया