एमालेको नाराबाजी गरेपछि एक हप्तालाई संसद बैठक स्थगित

इनेप्लिज २०८० साउन २९ गते १०:०४ मा प्रकाशित

काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ ।

एमालेको उक्त नाराबाजीपछि प्रतिनिधिसभाको अर्को बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले पछिल्लो समय संसदमा अवरोध गर्दै आएको छ ।

आजको बैठकमा पनि एमालेका सांसदहरूले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

२ साउनमा सिनामंगल क्षेत्रबाट सुन बरामद गरेको थियो । सो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया