मेरो नजरमा तिमि सबैको……………

इनेप्लिज २०८० साउन २७ गते १५:५६ मा प्रकाशित

मेरो नजरमा तिमि सबैको आँखामा छौ
म सँग हाँस्ने बोल्ने समय मागेकी छौ
मेरो मायाले होला दिनमा एक चोटि आएर भेट गर्छौ
के भन्न खोजेकी छौ दायाँ बायाँ नजर घुमाएकी रहेछौ

सँगै बाटोमा हिँड्दा हात समाएर जान्थ्यौ
ती दिन त्यो साथ सम्झनामा रहिरहोस् कामना गर्छौ
धेरै नजिक भएर होला सम्बन्ध सुमधुर थियो
कुराकानी गर्दाको समय रमाइलो थियो

तिमिले भन्यौ मैले माने तिमिलाई आफ्नै ठाने
लाजको घुम्टो ओढेर बस्दा मेरी मायालुलाई चिने
मेरो नजरमा तिमि सबैको आँखामा छौ
म सँग हाँस्ने बोल्ने समय मागेकी छौ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया