सांसद शर्मा पक्राउ प्रकरणमा सरकारले नांगो नाच नै देखायो : अध्यक्ष ओली

इनेप्लिज २०८० साउन २७ गते १३:४३ मा प्रकाशित

काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा सरकारले नांगोे नाच देखाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘समृद्ध नेपाल सुखी नेपाली, देश विकासको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले चिनियाँ नागरिकले पाएको नागरिकता सक्कली कि नक्कली ?  भन्ने प्रश्न पनि गरे ।

‘म सरकारलाई भन्न चाहन्छु सुनिल शर्माको सर्टिफिकेट यदि नक्कली हो भने अगाडि नै यो प्रक्रिया पूरा गरेर कारबाही किन गरिएन ? ’ उनले भने, ‘बोल्नेहरुलाई हतकडी लगाउने ?  जाली र नक्कली सर्टिफिकेट भनेको के ? ’

अध्यक्ष ओलीले नेपाली नागरिकसँग विवाह गरेको चिनियाँ नागरिकसँगको चर्चा सुनेको उल्लेख गर्दै ती चिनियाँ नागरिकले पाएको भनिएको नेपाली नागरिकता सक्कली कि नक्कली ?  भन्दै प्रश्न गरे ।

प्रतिक्रिया