काठमाडौ, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औँ महाधिवेशन पश्चातको पहिलो नगर सम्मेलनमा थापाले आमजनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताए ।
उनले जनताले नै माथि पुर्याउने र विश्वास नभएको खण्डमा जनताले नै रोडमा झार्न सक्ने बताए । उनले भने, ‘पूर्ण बहुमतको सरकारले पनि केही हुँदैन रहेछ ।
राजनीतिक दल प्रतिनागरिकहरूको विश्वास चाहिने रहेछ । कतिको विश्वास गरेका छन् भन्ने कुराले अर्थ राख्ने रहेछ । नेपाली जनताले नै माथि लाने हो भने जनताले नै रोडमा झार्ने हो । ’
महामन्त्री थापाले सेवा गर्ने बेलामा कांग्रेसले टोपी खोल्न नहुने बताए । एक जनाले मात्र गरेर केही नहुने बताउँदै उनले हरेक काम टिममा समय सीमा राखेर गर्नुपर्ने बताए ।
प्रतिक्रिया