प्रदेशको नाम खारेजी गर्ने सहमतीको आधारमा सरकारमा सहभागी भएको – स्वास्थ्यमन्त्री लिम्बू

इनेप्लिज २०८० साउन २६ गते १९:५२ मा प्रकाशित

विराटनगर,२६ साउन । कोशी प्रदेशकी नव नियुक्त स्वास्थ्यमन्त्री निर्मला लिम्बूले प्रदेशको नाम खारेजी गर्ने लिखित सहमतीको आधारमा सरकारमा सहभागी भएको बताउनु भएको छ।

मन्त्री लिम्बूले आज यहाँ शपथ ग्रहण समारोह पछि सञ्चाकर्मीहरुसँग कुरा गर्दै प्रदेश सरकारले कोशी नाम खारेजी गर्ने विषयमा आन्दोलनकर्मीहरुसँग बार्ता र सम्वादमार्फत सम्बोधन गर्ने लिखित सहमतीमा आधारमा मात्र सरकारमा सहभागी भएको प्रष्ट पार्नु भयो ।

मन्त्री लिम्बूले मन्त्रालयको कोशी नामा लेखिएको साइनवोर्ड सरकारले किरात वा अन्य नाम राखेपश्चात परिवर्तन गर्ने जानकारी दिनु भयो ।

उहाँले आफ्नो माग सरकारले सम्बोधन नगरेमा पुनः सरकारबाट बाहिरिने पनि प्रष्ट पार्नु भयो ।

मन्त्री लिम्बूले प्रदेश सरकारले वार्ता एवं सम्वादको माध्यमबाट विधेयक अगाडि वढाउने, प्रदेशको नाम परिवर्तमानका लागि आन्दोलनकारीसँग वार्ता कमिटी गठन गरी सम्बोधन गर्ने बताउनु भयो ।

प्रतिक्रिया