कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

इनेप्लिज २०८० साउन २६ गते १९:३९ मा प्रकाशित

मोरङ,२६ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आज निर्मला लिम्बूलाई कोशी प्रदेशको स्वस्थ्य मन्त्रीमा शपथ ग्रहण गराउनु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको यही साउन २६ गतेको सिफारिस अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम लिम्बूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

यस अघि मुख्यमन्त्री थापाले साउन १७ गते तीन जना मन्त्रीहरु नियुक्त गर्नु भएको थियो ।

प्रतिक्रिया